धनकुटा पछी डोटीमा पनि प्रहरी र आन्दोलनकारी बीच झडप,हिंसात्मक बन्दै राजधानीको आन्दोलन



हाम्रो इकोनोमि

प्रदेश राजधानी माग गर्दै चर्किएको आन्दोलनले उग्र रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

बुधबार सरकारले प्रदेश एकको राजधानी विराटनगर तोकेपछि आक्रोशित भएका आन्दोलनकारीले बिहीबार क्षेत्रीय प्रशासन, मालपोत, हुलाक, उच्च अदालत तोडफोड गरेपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।
‘सरकारी कार्यालय, सवारी साधान एवं बजार तोडफोडका घटना हुन थालेपछि कफ्र्यु आदेश जारी गरिएको हो’, उनले भने।

प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा धनकुटा काँग्रेसका कोषाध्यक्ष दिनेश राईसहित घाइते हुनेको संख्या ७ पुगेको छ। झडपमा परी धनकुटा काँग्रेसका कोषाध्यक्ष दिनेश राईको टाउको फुटेको छ। आन्दोलनकारीले सरकारी कार्यालयमा लगाएको आगो निभाउन परिचालन भएको दमकल र को २ च ४३२ नम्बरको एम्बुलेन्स पनि प्रदर्शनकारीले तोडफोड गरेका छन्। यसैगरी को १ ब १०६४ नम्बरको मोटरसाइकल एवं एसपी सुदीप राजभण्डारी सवार ना २ झ १३१४ नम्बरको सवारी साधन तोडफोड गरेका छन्।

राजधानीको विषयमा भएको आन्दोलन हिंसात्मक भएपछि धनकुटामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको केही घण्टामै डोटीमा पनि स्थिति तनावग्रस्त बनेको छ । यहाँ पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीलाई नियनत्रणमा लिन पटक पटक अश्रुग्यास प्रहार गरेको छ ।

सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै सुरु भएको आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास समेत प्रहार गरेको बताइएको छ । क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा दोहोरो झडप भएको हो ।

प्रदशर्नकारीले देउवाको जलिरहेको पुत्ला क्षेत्रीय प्रशासन कार्यालयभित्र फालेपछि प्रहरीले प्रदर्शनकारीहरु माथि लाठी चार्ज गरेको थियो । प्रहरीले प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा ढुंगामुढा गर्दै आगो लगाउन खोजेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...