पञ्चकन्या हाईड्रोको आईपीओ खुल्यो, हेर्नुहोस् कहाँबाट गर्ने आवेदन ? 



हाम्रो इकोनोमि

इलामको सन्दकपुर गाउँपालिकामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको आज अर्थात् माघ ५ गते शुक्रबारदेखि स्थानीयबासीका लागि साधारण सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाका लागि रु ११ करोड मूल्य बराबरको प्रतिकित्ता १०० रुपैंया अंकित ११ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

इलाममा निर्माण सम्पन्न भएको १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

सन्दकपुर गाउँपालिकाबासीले ६ लाख ६० हजार तथा इलाम नगरपालिकाबासीले ४ लाख ४० हजार कित्ता सेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

सेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम पाँच हजार पाँच सय कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेको पहिलो आर्थिक वर्षबाट कम्पनी नाफामा जान सफल भएको प्रधानले बताउनुभयो । कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...