७० वर्ष नाघेका वृद्धवृद्धाले पाउने भए घरमै उपचार
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाको पहिलो बैठकले सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष पार भएका वृद्धवृद्धालाई घरमै उपचार गराउने निर्णय गरेको छ । नवनिर्वाचित नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा सहितका पदाधिकारीले नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई घरमै चिकित्सक पु¥याएर उपचारसेवा दिने निर्णय गरेको हो