विवादपछी प्रदेश १ को संसदीय दलको नेता छान्न एमालेमा चुनाव हुने



हाम्रो इकोनोमि

एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा सर्वसम्मतिको प्रयास असफल भएको छ।

सोमबार बिहान बसेको प्रदेश कमिटीको बैठकमा सहमति जुट्न नसकेपछि दलको नेता निर्वाचनबाट टुंगो लाग्ने देखिएको हो।

एमालेको संसदीय दलको नेता प्रदेशको मुख्यमन्त्री बन्ने भएकाले प्रदेश १ को संसदीय दलमा त्रिकोणीय प्रतिस्पर्धा छ। प्रदेश इन्चार्ज भीम आचार्य, पूर्वमन्त्री शेरधन राई र जीवन घिमिरेले संसदीय दलको नेतामा दाबी गरेका छन्।

वाम गठबन्धनको सहमति अनुसार प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको छ।

सहमति जुट्न नसकेपछि अब निर्वाचनबाट दलको नेता चयन गरिने सांसद शेरधन राईले बताए। निर्वाचनका लागि माघ २६ गतेको मिति तोकिएको समेत उनले जानकारी दिए। ‘उक्त निर्वाचनमा मेरो उम्मेदवारी रहन्छ,’ राईले भने।

निर्वाचनका लागि चूडामणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...