प्रदेश ४ को पहिलो बैठक सुरु,सांसद दीपक मनांगे बैठकमा आएनन्



हाम्रो इकोनोमि

पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक सुरु भएको छ।

नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बैठक सुरु भएको हो। सुरुमा सहिदको सम्मानमा मौनधारण गरिएको थियो। अहिले सांसदहरुले मन्तव्य राखिरहेका छन्।

आजको बैठकमा प्रत्येक ठूला दलबाट ३/३ जना (कम्तीमा एक जना महिलासहित) र साना दलबाट एकएक जना गरी ११ जनाले मन्तव्य राख्नेछन्।

आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको छ।

यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद छन्। जसमध्ये नेकपा (एमाले) का २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एक जना सांसद छन्।

तर प्रहरीको खोजी सूचीमा रहेकाले मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङे) भने बैठकमा उपस्थित छैनन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...