प्रदेश ४ को पहिलो बैठक सुरु,सांसद दीपक मनांगे बैठकमा आएनन्



हाम्रो इकोनोमि

पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक सुरु भएको छ।

नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बैठक सुरु भएको हो। सुरुमा सहिदको सम्मानमा मौनधारण गरिएको थियो। अहिले सांसदहरुले मन्तव्य राखिरहेका छन्।

आजको बैठकमा प्रत्येक ठूला दलबाट ३/३ जना (कम्तीमा एक जना महिलासहित) र साना दलबाट एकएक जना गरी ११ जनाले मन्तव्य राख्नेछन्।

आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको छ।

यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद छन्। जसमध्ये नेकपा (एमाले) का २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एक जना सांसद छन्।

तर प्रहरीको खोजी सूचीमा रहेकाले मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङे) भने बैठकमा उपस्थित छैनन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...