प्रदेश ४ को प्रदेशसभा बैठक सुरु हुदै,एक नम्बर प्रदेशको बैठक १ बजे,यस्तो छ १ र ४ प्रदेशको तामझाम



हाम्रो इकोनोमि

प्रदेश नम्बर १ को पहिलो प्रदेशसभा बैठक दिउँसो १ बजेदेखि सुरु हुँदैछ। विराटनगरस्थित जिल्ला सम्मन्वय समितिको सभाहलमा बस्न लागेको प्रदेश बैठकको आवश्यक सबै तयारी पूरा भइसकेको सचिवालयले जनाएको छ।

बैठकमा स्वतन्त्र सांसदसहित ७ जनाले शुभकामना मन्तव्य दिँदैछन्। प्रदेशसभामा मुख्यमन्त्रीका दाबेदार एमालेका भीम आचार्य, कांग्रेसका केदार कार्की, माओवादीका इन्द्रबहादुर आङ्बो, संघीय फोरमका जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फे, राप्रपाकी इन्दिरा राई र स्वतन्त्र सांसद नारायणबहादुर मगरले मन्तव्य राख्ने कार्यक्रम छ।

मर्यादापालकको पोसाकको टुंगो लागिसकेको छ। पुरुषलाई सेतो दौरासुरुवाल, कालो कोट र महिलालाई घिउ कलरको साडीमा रातो पारि र कालो कोटको व्यवस्था गरिएको छ।

आज बस्ने बैठकका लागि आइतबार नै मर्यादापालकलाई बैठक आयोजनाको अभ्यास गराइएको थियो। अभ्यासका क्रममा बैठक आयोजना गर्दा आउन सक्ने समस्यालाई कसरी हल गर्ने बारे पूर्व जानकारी दिइएको जिल्ला प्रहरी प्रमुख अरुणकुमार बिसीले जानकारी दिए।

बैठकमा ठूला दलका सांसदलाई दायाँबाट बसाइनेछ। त्यसपछि साना दलका सांसदलाई बसाइनेछ।

१४ जिल्ला समेटिएको प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट संख्या छ।
उता पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ।

बैठकलाई लक्षित गरी चिटिक्क सिँगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गर्ने बैठकमा संसदीय परम्पराअनुसार सुरुमा प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढिनेछ।

त्यस्तै आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए।

आजको बैठकमा प्रत्येक ठूला दलबाट ३/३ जना (कम्तीमा एक जना महिलासहित) र साना दलबाट एकएक जना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम रहेको छ। बैठक करिब एक घन्टा १५ मिनेट हुने अनुमान गरिएको संसद् सचिवालयका सहसचिव बुढाथोकीले बताए।

यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद छन्। जसमध्ये नेकपा (एमाले) का २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एक जना सांसद छन्।

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख) बाट निर्वाचित राजीव गुरुङले भने हालसम्म शपथ लिएका छैनन्।

प्रदेशको बैठकलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेशसभाको सुरक्षाका लागि प्रहरी निरीक्षक लीलाराज लामिछानेको नेतृत्वमा ४ जना महिलासहित १६ जना मर्यादापालक खटाइएको छ। प्रदेशसभाको बैठकलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र सुरक्षाको पूर्ण तयारी भइसकेको संघीय संसद् सचिवालयबाट अनुगमनका लागि आउनुभएका प्रवक्ता भरतराज गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...