प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दै,१ को विराटनगर र ४ को पोखरामा



हाम्रो इकोनोमि

प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । १ को विराटनगर र ४ को पोखरामा बैठक बस्न लागेको हो ।

दुवै प्रदेशको  बैठक अहिले बिहान ११ बजेबाट सुरु हुनेछ ।

 

७ प्रदेशमध्ये ५ वटाको पहिलो बैठक यसअघि नै सम्पन्न भइसकेको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मा भएको हो भने २, ५, ६ र ७ को आइतबार बसेको छ ।

प्रदेशसभाको पहिलो बैठक बस्ने भएपछि विराटनगर र पोखराको बैठक स्थल वरपर चहल पहल बढेको छ । केही सांसद् सभास्थल पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन् ।

प्रदेश १ को विराटनगरमा बस्ने बैठकको सबै तयारी पूरा भएको बताइएको छ ।

यो प्रदेशको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्दैछन् । सभामुख छनोट नहुँदासम्म जेष्ठ सदस्यले अध्यक्षता गर्ने प्रावधानअनुसार सरावगीले बैठक सञ्चालन गर्न लागेका हुन् ।

आजैको बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । यद्यपि, प्रदेश १ मा सभाुमखको निर्वाचन माघ २९ मा गर्न दलहरु यसअघि नै सहमत भइसकेका छन् ।

प्रदेश ४ ले पनि आज बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो ।

प्रदेशसभाको पहिलो बैठकमा भाग लिन प्रदेश ४ का सबै जिल्लाका सांसद् पोखरा आइपुगेका छन् । बैठक ११ बजे पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बस्दैछ ।

प्रदेश बैठक सञ्चालनको अन्तिम व्यवस्थापन मिलाउन कर्मचारी बिहानैदेखि खटिइसकेका छन् । पुरुष सांसद् दौरा सुरुवाल, कोट, पाइन्ट र आफ्नो सांस्कृतिक पोषाकमा ठाँटिएर प्रदेश सभा छिर्दैछन् भने महिला सांसद् चौबन्दी चोली, साडी, कोट र साँस्कृतिक पोषाक लगाएर संसद भवन छिर्ने तयारीमा छन् ।

आजको बैठक सञ्चालन गर्न सबै सांसदलाई अनिवार्य उपस्थित गराउन सबै दलको सहमतिमा कार्य व्यवस्थापन समिति गठन भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचै दलबाट एकएक जना सदस्य रहने गरी कार्य व्यवस्थापन समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...