समाचार

म्याग्दीमा सबैभन्दा ठूलो १९ करोड लागतमा ५० श्यया अस्पताल भवन बन्दै

म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ । करिब रु १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत काम शुरु गरेको हो ।