दुवै अध्यक्षको आलटालले एकता संयोजन समितिको बैठक अनिश्चित,चितवन पुगेर यसो भने प्रचण्डले



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रबिच पार्टी एकताका लागि गठित एकता संयोजन समितिको बैठक अझै अनिश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट आइतबार फर्के लगत्तै संयोजन समितिको बैठक बस्ने भनिए पनि बिहीबारसम्म बैठक कहिले बस्ने टुंगो लाग्न नसकेको हो ।

एकता गर्दा केन्द्रीय समितिमा दुई पार्टीबिच कुन अनुपातमा सदस्य राख्ने भन्ने विषयमा कुरा मिल्न नसक्दा संयोजन समितिको बैठक अनिश्चि बनेको स्रोतको भनाई छ ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि २२ गते बालुवाटारमा बसेको संयोजन समितिको बैठकले प्रधानमन्त्री फर्के लगत्तै ठोस निर्णय लिने बताएको थियो ।

एकता संयोजन समितिको बैठक बस्न नसकेपछि नेताहरु काठमाडौं बाहिरका साना कार्यक्रममा व्यस्त हुन थालेका छन् । नेताहरुले केही विषयमा गम्भीर छलफल भइरहेको जनाएका छन् ।

बिहीबार चितवनमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने दाबी गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा बिहीबार आयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौं फर्किएपछि दुई पार्टीका बिचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे ।

उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै प्रचण्डले भने, ‘पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।’

मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उनले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको दाबी गरे । प्रचण्डले जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उनले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गरे ।

अध्यक्ष दाहालका आफ्नै सालो (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा बिहीबार माआवादी १४ नं. वडा कमिटीले श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...