आइजीपी सर्बेन्द्र साब,पूर्व फरार आइजी ठकुरीलाई जेल हाल्ने तागत छ?दोषी ठहर भएको एक वर्ष हुँदा किन समातिएन



सर्वोच्च अदालतले तयार गरेको सुडान घोटालाको पूर्णपाठ मंगलबारमात्र सार्वजनिक भएको छ । राष्ट्रिय लज्जाको विषयका रूपमा सर्वोच्च अदालतले व्याख्या गरेको सुडान घोटाला प्रकरणमा कतिले सफाइ पाए । दोषी ठहर भएका तीन आइजीपीहरुमध्ये हेम गुरुङ जेल संजाय भुक्तान गरी छुटिसकेका छन् भने ओमविक्रम राणा जेल संजाय भोगिरहेका छन् ।

एआइजी र डीआइजीहरुले पनि जेल संजाय भोगेर छुटिसकेका छन् । तर सर्वोच्च अदालतले सुडान घोटालामा दोषी ठहर गरेका आइजीपी रमेश चन्द ठकुरी फरार छन् । फरार भनिएका ठकुरी आफ्नै घर महेन्द्रनगरमा प्रहरीकै संरक्षणमा बसिरहेको आरोप छ । प्रहरीको दृष्टिमा फरार अभियुक्त ठकुरी महेन्द्रनगरमा ढुक्कले बसेका छन् ।

कन्चनपुरमा यसअघि उनकै भतिजा प्रकाश चन्द एसपी हुँदा उनी संरक्षित थिए नै अहिलेका प्रहरी प्रमुख डिल्लीबहादुर विष्टले पनि उनलाई संरक्षण गरेका छन् । प्रहरीको नजरमा फरार उनले महेन्द्रनगरमै यसबिचमा छोरीको विवाह समेत गरिसकेका छन् । सुडान घोटाला प्रकरणमा पूर्वआइजीपी चन्दलाई सर्वोच्च अदालतले १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

त्यस्तै सुडान घोटाला प्रकरणमा प्रहरीको दृष्टिमा फरार पनि आफन्तका नाममा संस्था खोलेर नेपाली सेनाको ठेक्का लिइरहेका छन् । उनले सर्वोच्चको फैसलापछि पनि सेनाका करोडौं करोडका ठेक्का लिइसकेका छन् । सेनाको सम्भाररथी विभागका प्रमुख जर्नेल दीपक भारती र निरन्जन बस्नेत लगायतका उच्च अधिकृतसँग उनको प्रायः भेट भइरहन्छ ।

काठमाडौंमा ढुक्कले बसेका उनलाई प्रहरीले पक्राउ गर्ने चासो राखेको छैन । नयाँ आइजीपी सर्वेन्द्र खनालले उनलाई पक्राउ गरी विधिको शासन स्थापना गर्ने अपेक्षा गरिएको छ । ठेकेदार भारतीलाई सर्वोच्च अदालतले १४ करोड २० लाख बिगो र त्यति नै जरिवाना तथा एक वर्ष कैदको फैसला गरेको छ । दोषी ठहर गरेको एक वर्ष हुनै लाग्दा ठकुरी र भारतीलाई पक्राउ नगरेर प्रहरीले थप लज्जाबोध गराउँदै आएको छ । २०७४ वैशाखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको पालामा सुडान घोटालाको फैसला भएको थियो ।

एपीसी खरिदमा ४४ करोड रुपैयाँ घोटाला भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वआइजीपी, पूर्वएआइजी लगायतका प्रहरी अधिकृत र ठेकेदार मनोज भारती विरुद्ध मुद्दा दायर गरेको थियो ।

सुडान घोटालामा पूर्व आइजीपी ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना तोकिएको थियो । उनी अहिले पनि जेलमा संजाय भोगिरहेका छन् । पूर्वआइजीपी हेम गुरुङ १ वर्ष कैद भुक्तान गरी मुक्त भइसकेका छन् । पूर्व एआइजी श्यामसिंह थापा चैत २५ र दीपकसिंह थाङ्देन चैत २३ मा जेलमुक्त भएका छन् । उनीहरू तीनै जनालाई सर्वोच्च अदालतले १–१ वर्ष कैद र ४०–४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

पूर्व डीआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन् । उनीहरूलाई ६–६ महिना कैद र ३०–३० हजार रुपैयाँ जरिवानाको सजाय भएको थियो । कैद छुटका लागि उनीहरू आफैँ अदालत उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्