कम्युनिस्टकी छोरी मिस नेपाल भएको भन्दै उफ्रिनेलाई सांसद समेत रहेका बाबुले हाने यस्तो झटारो



हाम्रो इकोनोमि

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी श्रृङ्खला खतिवडा ‘मिस नेपाल २०१८’ घोषणा भएसँगै सामाजिक सञ्जालमा टिप्पणी सुरु भयो। कसैले उनलाई बधाई तथा शुभकामना दिए भने कसैले उनको बाबाआमा कम्युनिस्ट भएकै कारण सौन्दर्य प्रतियोगितामा भाग लिनु गलत भने।

यसबारे मिस नेपाल श्रृङ्खलाका बुवा विरोध खतिवडा प्रश्न गर्छन्, ‘छोरीको व्यक्तिगत इच्छा, विचार भन्ने कुरा हुँदैन। म खुसी छु मेरी छोरी आफ्नो क्षमताका कारण मिस नेपाल भइन्?’ छोरीले मिस नेपालमा सहभागिता जनाउने कुरा बताउने बित्तिकै आफूले अनुमति दिएको बताए। भने,’बौद्धिक क्षमताको प्रतिस्पर्धामा भाग लिए व्यक्तित्व विकास हुन्छ भन्ने लाग्यो र जाऊ भन्यौं। यसमा समस्या के छ र?’

मिस नेपाल ‘ट्यालेन्ट सो’ भएको र यसमा कुनै पनि किसिमको छाडापन नभएको उनको तर्क छ। कम्युनिस्ट विचारधारा राख्ने महिला तथा विद्यार्थी संघका सदस्यहरूले सौन्दर्य प्रतियोगिताको विरोध गर्ने गरेको विषयमा विरोध भन्छन्,’हो एक समय थियो सौन्दर्यको नाममा स्विम स्विटसहितको प्रस्तुति हुन्थ्यो। त्यसको विरोध गरेका हौं। तर मिस नेपाल त्यो प्लेटफर्म होइन। त्यो स्टेजमा भल्ग्यारिटी देख्नु भएको छ?’ उनले कम्युनिस्ट राज्यहरूमै ठूलाठूला सौन्दर्य प्रतियोगिता हुने गरेकाले आजको सन्दर्भमा मिस नेपालबारेको बहस बेकारको भएको बताए।

‘पहिलाको कुरा गरेर साध्य हुँदैन। समय अनुसार सोंच फराकिलो नबनाए हामी कहाँ पुग्नु?’ उनले सौन्दर्य प्रतियोगितालाई आत्मविश्वास, व्यक्तित्व विकास र क्षमतालाई अभिवृद्धी गराउने अवसरको रूपमा व्याख्या गरे।

श्रृङ्खला खतिवडा बुवा विरोध खतिवडा र आमा मुनु सिग्देल दुवैले छोरीको लागि भोट समेत अपिल गरेका थिए। ‘विचार लाद्ने काम ठिक होइन। उसले आफ्नो बाटो बनाउने हो। फेरी आजकालका छोराछोरी आफैमा सक्षम छन्। प्रतियोगिताको लागि सम्पूर्ण तयारी उ आफैले गरेकी हो। हामीले आवश्यक सहयोग गरिन्’, खतिवडाले भने।

श्रृङ्खला खतिवडालाई ‘कमरेड’ सम्बोधन गरेर बधाई दिनेहरूप्रति भने उनको आपत्ति छ। उ स्वतन्त्र विद्यार्थी मात्र हो। उ कुनै पनि पाटी निकट संघहरुमा आबद्ध छैन। उ अब मिस नेपाल हो।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...