हरिण मारेर जेल बसेका सलमान काठमाडौँ आउने साइत जुर्यो,टुँडिखेलमा सलमानले उधुम मच्चाउने



हाम्रो इकोनोमि

फागुन २६ गते टुँडिखेलमा हुने ‘दबङ टुर’ कार्यक्रमका लागि लागि बलिउड सुपरस्टार सलमान खान काठमाडाैं अाउने भनेर खुबै प्रचार गरियाे।
तर नेत्रविक्रम चन्द विप्लब माअाेवादीकाे धम्कीकाे कारण देखाउँदै अन्तिम समयमा साे कार्यक्रम रद्द भयाे।

फेरि मे २६ अर्थात जेठ १२ गते साे कार्यक्रम टुँडिखेलमा गर्न अायाेजकले तयारी थालेका छन्। बलिउड सुपरस्टार अभिनेता सलमान खानसहित भारतका चर्चित स्टार कलाकार सोनाक्षी सिन्हा, कृति सेनन, प्रभु देवा, मनिस पल, देजी शाह, आदिको प्रस्तुति रहने अायाेजककाे भनाइ छ।

मुम्बईस्थित जेए इभेन्ट्सले नेपालको आयोजक रहेको ओडिसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा कार्यक्रम जेठ १२ मा हुने कुरा निश्चित गरिएकाे हो। राेचक पक्ष के छ भने त्याे पत्र अाएकै दिन अप्रिल ५ मा सलमान हरिण मारेकाे अभियाेगमा जेल परे। याे खबर दुनियाँभरि फैलियाे। अप्रिल ५ सम्म उनी धराैटीमा रिहा हुने नहुने निश्चित भइसकेकाे थिएन। नेपालमा पत्र पठाएकाे दिन सलमानले जेल पर्दा हुने नाेक्सानीबारे जाेड घटाउ भइरहेका थिए।

उनी दुई दिन जेल बसेर शनिबार, ७ अप्रिलमा धरौटीमा रिहा भएका छन्। जेए इभेन्ट्सले अप्रिल ५ गते पठाएको पत्रलाई ओडिसीले अप्रिल ७ मा आफ्नो फेसबुक पेज मार्फत काठमाडाैंमा बुस्ट गरेकाे थियाे। ओडिसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङकाअनुसार यसअघि कार्यक्रम मे ५ का लागि तय गरिए पनि प्रभु देवा र कृति सेननको समय व्यस्थतताका कारण जेठ १२ अर्थात् मे २६ लाइ सारिएकाे हाे।

सिमान्त भन्छन्, ‘डेट कहिले फिक्स गर्ने भनेर पहिला नै पत्र पठाइसकिएको थियो, फेरि डेट चेन्ज हुने भएपछि ५ अप्रिलमा बिहानतिर पत्र अायाे। संयाेग कस्ताे पर्याे भने त्यही दिन अदालतले सलमानलाइ जेल सजाउकाे फैसला सुनायाे।’

लेटर बिहानै आएको सिमान्तकाे दाबी छ। ‘मैले आधिकारिक प्रयोगका लागि राष्ट्र बैँक तथा अरु जिम्मेवार निकायलाई पठाएको थिएँ तर फेसबुकमा हालेको थिइँन फेसबुकमा चाहिँ अप्रिल ७ मा हालेको हो’, उनले भने।

सिमान्तकाअनुसार जेठ १२ मा हुने कार्यक्रममा अब सलमान खान काठमाडाैं अाउनेछन्। हरिण शिकार मामिलामा दाेषी ठहरिए पनि सलमानकाे काठमाडाैंमा क्रेज उस्तै छ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...