बिरामी नहुदै बिरामी भएको नाटक प्रचण्डले गरे पछी ओलीको पारो तात्यो,बैशाख ९ मा एकता नहुने निश्चित



भारत भ्रमणमा जाने दिन पारेर प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकैपटक सरकारका ३० सचिवहरुको सरुवा गरिदिए । यो सरुवा न कुनै क्याविनेटको बैठकले गरेको थियो न त सत्तासाझेदारसँग कुनै छलफलबाट नै । अचम्म त सचिवहरुको सरुवाबारे मन्त्रीहरु नै बेखबर थिए ।

सचिव सरुवाको ओली शैलीबाट माओवादीका मन्त्रीहरु झस्किए र आफ्नो पार्टी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’कोमा रिपोर्ट गर्न पुगे । रिपोर्ट गर्न आफुसँग आएका मन्त्रीलाई अध्यक्ष प्रचण्डले ‘म ओली जी सँग कुरा गर्छु त भने तर उनी आफै ओलीको कार्यशैलीबाट झस्किएका थिए ।

बुधबारका लागी निर्धारित एकता संयोजन समितिको बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरामी परेपछि हुन सकेन । तर एमालेका एक केन्द्रीय सदस्यका अनुसार प्रचण्ड विरामी नपरेको र बैठक बसेकै भएपनि एकता निष्कर्षमा पुग्ने थिएन ।

एकताका लागी नमिलेका विषयहरुबारे प्रगति नहुनु त छँदै थियो तर अहिले सरकार संचालनमा ओलीको एकलौटी कार्यशैलीले दुरी झन बढाएको छ । आफुलाई लागेको विषयमा एकदमै लचक हुने गरेका माओवादी अध्यक्ष प्रचण्ड त्यतिबेला एकदम कठोर देखिए जतिबेला ओलीले आफ्ना शिर्ष नेताहरुसँग एकता ७०/३० को अनुपातमा हुने ब्रिफिङ् गरेको थाहा पाए । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले बराबरीको सिदान्तका आधारमा एकता हुने भनि सार्वजनिक रुपमै भन्न थाले ।

एमाले अध्यक्ष ओलीले ७० एमाले र ३० प्रतिशत माओवादी हुनेगरी एकता हुन्छ भनेर ब्रिफिङ् गर्नु, ओलीले निकटष्थहरुसँग ‘जनयुद्द आंतकवाद नै हो मान्य हुँदैन’ भन्नु, सरकार संचालनका विषयमा प्रचण्डसँग सल्लाहा नगर्नु र चीनसँगको सम्बन्ध बिग्रनेगरी भारतसँग रेल सम्झौता गर्दै भारतसँग झुक्ने रबैयाले माओवादीलाई तर्साएको छ ।

बराबरीको आधारमा संगठन, विधानको प्रस्तावनामा जनयुद्ध र मित्रराष्ट्रहरुसँगको समदुरीको सम्बन्धबारे कुरा नमिलेसम्म एकता सम्भव नभएको माओवादीका एक नेता बताउँछन् । बैशाख ९ को एकता के हुन्छ भनि गरेको प्रश्नमा ति नेता भन्छन्– ‘माथिका विषय मिले हुन्छ, नमिले हुँदैन । किनभने माओवादी यो भन्दा पछि हट्ने ठाउँमा छैन । एमाले तयार भैहाल्ने अवस्था पनि म देख्दिन ।’

उसो त पछिल्लो समय माओवादी वृतमा एकतामा नहतारिन प्रचण्डलाई दवाव पर्न थालेको छ । ओली सत्तामा गएपछि निरकुंश हुने गरेका यसअघिका घटनाबाट देखिएकोले ओली एकताका लागी लचक हुन नसक्ने माओवादीको बुझाई छ ।

नेकपा एमालेमा अध्यक्ष निर्बाचित भईसकेपछि ओलीले पार्टी संचालनमा जसरी मनखुशी र मनोपली गरे सोही रबैया मओवादीसँग पनि गर्न थालेपछि माओवादीका केन्द्रीय नेताहरु ओलीसँग आशंकित मात्रै छैनन् उनको निकुंश कार्यशैलीसँग नझुक्ने अडानमा समेत देखिन्छन् ।

तलमाथि हुन्न, जनयुद्ध महान भन्नुपर्छ
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्पष्ट अडानमा छन् । उनले आफ्ना नेताहरुसँग पार्टी एकताबारे प्रष्ट भन्ने गरेका छन् –कि संगठनात्मक रुपमा १ जना पनि तलमाथि हुन्न र जनयुद्धलाई महान भनिनुपर्छ । संगठनात्मकरुपमा सम्झौता नगर्ने मुडमा रहेका प्रचण्डले एकतापछि ओलीले बहुमत लगाएर निरकुंश हुने अवस्थाको हेक्का गरेको देखिन्छ ।

एकताबाट पछि नहट्ने
माओवादी अध्यक्ष प्रचण्ड एकताबाट पछि भने नहट्ने भएका छन् । उनी आफुले भनेजस्तै बराबरीको सिदान्त र जनयुद्धका विषयमा ओलीलाई मनाउन सकिन्छ भन्ने बुझाईमा रहेको माओवादी नेताहरु बताउँछन् । –‘ढिला भएपनि ओलीलाई मनाउन सकिने बुझाइमा अधयक्ष हुनुहुन्छ’ ।
बैशाख ९ मा असम्भव जस्तै
यसअघि एकताका लागी निर्धारित मिति बैशाख ९ मा एकता असम्भव जस्तै बनेको छ ।

एकताका लागी सिदान्त् मुख्य कुरा भएपनि संगठन झन जटिल कुरा हो । माओवादी र एमाले नेताहरुबिच सगठनको चुरो कुरो नमिलेपछि बैशाख ९ को एकता टर्दै जान थालेको हो ।

माओवादीका एक नेता भन्छन्– एमालेले बराबरीको सिदान्त्मा संगठनात्मक एकता र विधानमा जनयुद्ध मान्न तयार भएमत्रै तोकिएको मितिमा एकता हुन्छ नत्र हुँदैन । माओवादी यो भन्दा लचक हुन सक्दैन । छलफल चल्दै गर्छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्