आइजीको फुली लगाए पछी नयाँ महानिरीक्षकले गृह मन्त्रालय भित्रै खाए यस्तो कसम



हाम्रो इकोनोमि

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षकले प्रहरीमा सुधार गरी प्रहरीले जनतालाई दिने सेवामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहिबार बिहान गृहमन्त्रालयमा दज्र्यानी चिन्ह ग्रहण गरेपछि उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रहरी सेवाको गुणस्तरीयता र विश्वसनियता बढाउने भन्दै पदीय चुनौतीलाई अवसरमा परिणत गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका छन्।

‘नेपाल प्रहरीको नेतृत्व प्राप्त हुँदा गौरव लाग्नु स्वभाविक हो, यस पदलाई मैले थप जिम्मेवारीबोधका ग्रहण गरेको छ,’ नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले भने,‘पदीय चुनौतीलाई अवसरमा परिणत गर्ने सत्प्रयास हुने छ।’

सहकर्मीहरुलाई साथमा लिएर पारदर्शीता र जवाफदेहित बढाउने र अकर्मन्यता पूर्णत निर्मूल बनाउने आफ्नो अठोट रहेको उनले सार्वजनिक गरे। सशस्त्र प्रहरी बलसँगको सहकार्य अझै बिस्तारीत हुने उनको विश्वास छ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले अनुशासित, नैतिकवान व्यवसायिक, सक्षम र कर्तव्यनिष्ट प्रहरी संगठन बनाउने बताए। जस्तो सुकै परिस्थितीमा परिचालन हुने गरी सशस्त्र प्रहरीको निर्माण र परिचलान आफ्नो उदेश्य रहेको उनको भनाई छ।

नीतिगत स्पष्टता बढाउने, संविधानमा अभिव्यक्त अधिकारीलाई कानुन निर्माणका लागि पहल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने योजना उनले सुनाए। सेवामा आधुनिकिकरण र बिशिष्टीकरण गरी उत्प्रेरणाका साथ काम गर्ने वातावरणको निर्माण गरिने खनालको भनाई छ।

सरुवा, बढुवा लगायतलाई पारदर्शी बनाउने र लेसपेपर अवधारणा कार्यान्वायन गर्ने उनको योजना छ। सरकारले आफुलाई भरोसा गरेर संगठनको नेतृत्व दिएकोमा त्यो भरोसालाई टुट्न नदिने उनको प्रतिबद्धता व्यक्त गरे।

दुवै महानिरीक्षकले लिएको प्रबिद्धता पूर्व रुपमा कार्यान्वायन भएमा सरकारको उदेश्य पुरा हुने गृहसचिव प्रेमकुमार राईको भनाई थियो।

वृत्तिविकास रोकिएकाले मनोबल खस्किएका बताउँदै उनले यसलाई प्राथमिकता दिएर अगाडि बढ्न सुझाव दिए।

राईले दुवै महानिरीक्षकलाई नियुक्तिपत्र हस्तान्तरण गरी दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...