समाचार

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सत्यदेवी – ८ घर भई हाल काठमाडौं, नागार्जुन नगरपालिका, वडा नं ८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन् ।