शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । भेलामा बोल्दै उनले बिपीले देउवालाई पश्चिमको राजकुमार भनेको स्मरण गरे । उनले भने, शेरबहादुरजीलाई बी.पी. कोइरालाले पश्चिमको राजकुमार भन्नुहुन्थ्यो ।

उनले देउवा बनारस पहिलो चोटि आउँदा आफूले घुमाएको पनि स्मरण गरे। उनले देउवा आउने बित्तिकै भेला सफल भएको जिकिर गरे । उनले थपे, उहाँको स्वागतको लागि हिजो जुन उत्साह देखेँ, मलाई त अचम्म लाग्यो । शेरबहादुरजी नै हाम्रो नेता हो । हाम्रो सभापति शेरबहादुरजी हो । उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ । उनले कांग्रेसलाई एकजुट गर्नको लागि आफूहरूले भेला राखेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...