मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन् ।  अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ? इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने । खुला चुनौती दिंदै उनले भनेका छन्, पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने ? कहिले हो हटाउने ! हटाइदेऊ न । ढिलो भयो भने त छिटो हटाऊ त ।

पार्टीभित्र अनुशासनहिनता, अराजकता देखा परेको भन्दै उनले ख्याल ठट्टामा अध्यक्ष हटाउने कुरा नगर्न चेतावनी दिए । ख्याल-ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आभाराहरू अध्यक्ष हटाउने कुरा … मानिलिऔं, ख्याल हो, ठट्टा हो जस्तो हो जस्तो गरेर उनले भने । अध्यक्ष ओलीले जसले अध्यक्षबाट आफूलाई हटाउने भनिरहेको छ, ऊ पार्टी सदस्य नै छ कि छैन भनेर पनि प्रश्न गरेका हुन् । चिया पिएर गफ गर्दैमा पार्टी अध्यक्ष नहट्ने उनको भनाइ छ । उनी थप्छन्, के मजाक हो यस्तो !

एमाले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने भनेर कतिपयले हस्ताक्षर अभियान नै सुरु गरेका छन् । यसप्रति पनि अध्यक्ष ओलीले रोष प्रकट गरे । उनले भनेका छन्, कोही हस्ताक्षर गर्दै हिंड्या छन् अध्यक्ष हटाउने भनेर । यसका पछाडि केही दम छैन, केही छैन’ उनले भनेका छन्, न पार्टीको तरिका न विधान । अस्ति महाअधिवेशन भएको थियो । आफैं पनि सहभागी भयो होला ।

पार्टीमा के गर्ने भनेर विधि र समय हुने उनले बताए । अध्यक्ष ओलीले भनेका छन्, जति बेला विरोधी शक्ति तिव्र प्रहार गरेको छ, हामीलाई झेल्नु मुस्किल भइरहेको छ । त्यतिबेला सिंगै पार्टी एकजुट भएर एकताबद्ध भएर एकताबद्ध पार्टीले सामना गर्नु पर्ने, मुकाबला गर्नु पर्ने ठाउँमा यति बेला पार्टी भित्र अध्यक्ष हटाउँछु भन्या छ, के भन्या छ । अहिले यी सबै कुरा हरु बेकार छन् ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...