जगन्नाथलाई संसदीय दलको नेताबाट हटाउन १८ सांसदको हस्ताक्षर (सूचीसहित)



हाम्रो इकोनोमि

 

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । थपलियाको नेतृत्वदायी भूमिका जनाउन नसकेको भन्दै किरण थाापालाई मुख्यमन्त्रीमा अघि सार्ने गरी बहुमत सांसदहरूले हस्ताक्षर गरी अविश्वास प्रस्ताव पेश गरेका हुन् । थापालाई एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको साथ छ । सांसद कृष्णप्रसाद सिलवालले विधानत ७ दिनभित्र अविश्वास प्रस्ताव टुंग्याइसक्नुपर्ने बताए ।

थपलियाले दललाई सुदृढ रूपमा अगाडि बढाउन नसकेको आरोप लगाइएको छ । पत्रमा भनिएको छ, ‘माननीय जगन्नाथ थपलियाले गर्नुभएको नेतृत्वदायी भूमिका प्रति हामीलाई चित्त नबुझेको हुँदा आगामी दिनमा नेकपा एमाले बागमती प्रदेश संसदीय दललाई सुदृढ रूपमा अगाडि बढाउनका लागि नयाँ नेतृत्व चयन गर्नु पर्ने परिस्थिति उत्पन्न भएको छ । बागमतीमा एमालेका २५ जना सांसद छन् । अविश्वासको प्रस्तावमा १६ जना सांसदको हस्तााक्षर छ । थप २ जना सांसदले समर्थन जनाएको भनी नोटमा लेखिएको छ ।

यी हुन् थपलियाविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरू-

१. अप्सरा चापागाईँ (समर्थन जनाएको नोट)

२. आनन्दकुमार श्रेष्ठ

३. किरण थापा मगर

४. कृष्णप्रसाद सिलवाल

५. जयराम थापा

६. डा. दिनेशचन्द्र देवकोटा

७. प्रेमभक्त महर्जन

८. बिन्दु श्रेष्ठ

९. भरतबहादुर के.सी.

१०. भारती कुमारी पाठक

११. मधुसूदन पौडेल (फोन गरेर समर्थन जनाएको नोट)

१२. माईली तामाङ

१३. मायाकुमारी कार्की

१४. रघुनाथ महर्जन

१५. रामेश्वर श्रेष्ठ

१६. शकुन्तला श्रेष्ठ

१७. हरिप्रसाद सापकोटा

१८. ज्ञानबहादुर तामाङ

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...