कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो । भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता-कार्यकर्ताको उपस्थिति छ । भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो ।

भेलालाई हिजोमात्रै काठमाडौं आइपुगेका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि सिंगापुर गएका थिए । उनी पाँच महिनापछि हिजो नेपाल फर्किएका हुन् । उनको स्वागतमा उनकै समूहका नेता कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । त्यहाँबाट बाजागाजासहित चुनदेवीमा रहेको यो समूहको सम्पर्क कार्यालयमा पुर्‍याइयो । त्यहाँ उनले सम्बोधनसमेत गरे । बन्दसत्र साउन ३० र ३१ गते हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...