गगन थापाको नेतृत्वमा पार्टी बलियो भयो : विश्वप्रकाश शर्मा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा पार्टी थप बलियो र सबल भएर अघि बढ्ने दाबी गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र देखिएका राजनीतिक तथा कानुनी विषय संवाद र संविधान, कानुन तथा पार्टी विधानको आधारमा समाधान हुने विश्वास व्यक्त गरे । उनले भने सभापतिले सबैलाई सँगसँगै जाऊँ भनेर प्रयास गरिराख्नुभएको छ । देशभरिका साथीहरूले व्यक्त गर्नुभएको दृढता र भावनाको जगमा पूर्ण विश्वासका साथ भन्न सक्दछु, आगामी दिनमा विकास भएर जाने जे हाम्रो सङ्कल्प छ, त्यो अबको दिनमा अझ बलियो भएर जान्छ । राजनीतिक विषय राजनीतिक ढङ्गले नै हल भएर जाने मूलतः त्यसको प्रकृति हुन्छ ।

नेपालको संविधान, कानुन, पार्टी विधान, इतिहासको निरन्तरता र पार्टीका कार्यकर्ताको भावनाका आधारमा कांग्रेसले राष्ट्रिय शक्तिका रूपमा आफ्नो भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने बताए । उनले सर्वोच्च अदालतले वैशाख ४ गते नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले गरेको अद्यावधिकलाई सदर गरेपछि पार्टीभित्र कसैको जित वा हारका रूपमा नलिई समाधान खोज्ने प्रयास गरिएको बताए । फैसला आएको ४८ घण्टा नपुग्दै सभापति थापा तत्कालीन कार्यवाहक सभापतिको निवासमा पुगेर संवाद गरेको स्मरण गरे ।

उनले विभिन्न नेताहरूसँग पटक पटक छलफल गरिएको र जेठ १६ गते पार्टी एकताका लागि सात बुँदे प्रस्ताव लिखित रूपमा नेताहरूसमक्ष पठाइएकोबारे पनि जानकारी गराए । उनले सर्वोच्च अदालतले निस्सा दिएपछि इतर समूहको भेलाबाट अर्को दल बन्ने सम्भावना अन्त्य भएको बताए । उनले भने, भेला सकिएपछि हामी संवाद गर्नेछौँ । भेला सकिँदासम्म हाम्रो बैठक चल्नसक्छ । हामी संवादको लागि खुला छौँ । यो पार्टी सबैको हो भन्ने कुरा अग्रज नेता र भेलामा आउने सबैले गहिरो आत्मसाथ गर्नुहुन्छ भन्ने विश्वास गर्छौँ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...