समाचार

कमाण्डरसहित तीन तालिबान मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा कारबम विस्फोटमा परी तालिबानका एक वरिष्ठ कमाण्डरसहित तीन आतङ्ककारी मारिएका छन् । यस विस्फोटमा परी कम्तीमा चार जना तालिबान घाइते भएका छन् । प्रान्तीय सरकारका प्रवक्ता आताउल्लाह खोगीआनीले यस घटना र हताहतको पुष्टि गर्नुभएको छ ।