विप्लव समूहकी एक नेत्री रुपन्देहीबाट पक्राउ परेकी छन् । सरकारद्वारा प्रतिबन्धित नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्रेको हो । सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् ।