डडेल्धुरामा बस दुर्घटना, ७ जनाकाे मृत्यु २० भन्दा बढी घाइते



हाम्रो इकोनोमि

 

बुधबार बिहान डडेल्धुरामा  बस दुर्घटना भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा सातजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

 

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

रसुवाको टिमुरेबाट स्याउ बोकेको गाडीमा ७ किलो सुन बरामद, १ जना पक्राउ

प्रहरीले रसुवाको टिमुरेबाट स्याउ बोकेको गाडीमा ७ किलो सुनसहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ पर्नेको नाम खुलाइएको छैन । चेकजाँचका क्रममा  ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेकाे उक्त ट्रक भन्सार जाँच पास गरेर त्यहाँसम्म आएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...