ललितपुरमा श्रीमतीको टाउको छिनाएर श्रीमान हातमा बोकेर कुदे…. (हेर्नुहोस पुरा बिबरण)



हाम्रो इकोनोमि

 

ललितपुरको इट्टा भट्टामा काम गर्ने एक युवकले आफ्नै श्रीमतीलाई धारिलो हरियार प्रहार गरेका छन्।

ललितपुरको गोदावरी नगरपालिका-१ बिशंखुनारायणको इँटा भट्टामा काम गर्ने ४२ वर्षीया जयबहादुर वाइवाले ४१ वर्षीया श्रीमती सुनमाया वाइवालाई खुर्पाले हानेर हत्या गरेका हुन।

सिन्धुली घर भइ हाल ललितपुरको इँटा भट्टामा काम गर्दै आएका वाइवाले मंगलबार बिहान श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ।

जेठी श्रीमती पोइल गएपछि वाइवाले कान्छी श्रीमती सुनामायालाई भित्र्याएको र सँगै भट्टमा काम गर्दै आएका उनीहरु बीच सामान्य मनमुटाव हुँदा धारिलो हरियार प्रयोग भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकरी दिए।

उनका अनुसार घटना करिब मंगलबार बिहान ५:३० बजे हो भने घटनापछि त्यहाँबाट फरार भएका वाइवालाई घर छेउको खोल्सामा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो। श्रीमतीको घाँटीमा खुर्पाले हानेर छिनाएका वाइवालाई श्रीमतीको टाउको हातमा लिएर हिँडेको अवस्थामा पक्राउ गरेको बताइएको छ । मृतक सुनमायाका दुईजना सन्तान समेत रहेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...