कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ । ताम्राकारको निधनसँगै नेपाली कांग्रेसको जागरण अभियानको मिति पर सारिएको छ ।

कांग्रेसले यही वैशाख ११ गतेदेखि देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, पूर्वमन्त्रीसमेत रहेका ताम्राकारको निधनका कारण जागरण अभियान दुई हप्ता पछि सारिएको छ ।

 

वैशाख ११ गतेदेखि सुरु गर्ने भनिएको जागरण अभियानलाई वैशाख २५ गते सारेका छौं,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाइसकेको छ ।

को हुन् ताम्राकार ?

रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकार २०४८ र २०५६ मा रुपन्देही क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गिरिजाप्रसाद कोइराला निकट मानिने ताम्राकार कांग्रेसको केन्द्रीय कोषाध्यक्ष बनेका थिए ।

ताम्राकार विभिन्न समयमा स्वास्थ्य मन्त्री र उद्योग वाणिज्य मन्त्रीसमेत बनेका थिए ।

विगत दुई वर्षदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका ताम्राकार पछिल्लो समय निमोनियाबाट पीडित थिए । चैत अन्तिम सातादेखि ललितपुरको अल्का अस्पतालमा आईसीयूमा भर्ना गरेर उनको उपचार हुँदै आएको थियो । उपचारको क्रममा मंगलबार दिउँसो ३ बजे उनको निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...