गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा भ्रममा नपर्न आग्रहसहित एक वक्तव्य निकालेका छन् । मुलुकको विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र बृहत् एकता खोज्नुको सट्टा पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न खड्काले गगन पक्षलाई चेतावनी दिएका छन् ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले २०८३ वैशाख २८ देखि ३१ गते १५ औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा केहीले विधान र प्रक्रिया विपरीत विशेष महाधिवेशनको नाममा अवैध गतिविधि गरेको खड्काले पुनस् दोहोर्‍याएका छन् । १५ औँ महाधिवेशनका लागि वितरण र नवीकरण भइसकेका क्रियाशील सदस्यता खारेज गरिएको र पुन नयाँ सदस्यता लिने भन्ने निर्णयमा देउवा पक्षको आपत्ति छ । खड्काले विज्ञप्तिमा भनेका छन्,  कुनै नेताले आवेग वा उत्तेजनामा भाषण गरेकै भरमा सदस्यता खारेज हुन सक्दैन ।

यो सदस्यता त योद्धाको योगदान र सहिद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा हो । क्रियाशील सदस्यता पार्टीको ऐतिहासिक जीवन र निरन्तरताको प्रमाण भएको भन्दै खड्काले विधानबमोजिम बाहेक कसैले पनि आम सदस्यको सदस्यता खारेज गर्न नसक्ने बताएका छन् । यसअघि १५ औँ महाधिवेशनको कार्यतालिका भित्रै रहेर नवीकरण र वितरण गरिएको सदस्यतालाई खारेज गरी फेरि नवीकरण गर्ने कुरा पूर्वाग्रही र आपत्तिजनक रहेको देउवा पक्षको जिकिर छ । खड्काले भ्रम र निराशाबाट टाढा रहन पनि कांग्रेसजनमा अपिल गरेका छ्न् ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...