फेरि विद्रोह गर्ने भ्रम नपालौं : प्रचण्ड



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन् ।  मंगलबार ललितपुरमा आयोजित आदिवासी/जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

 

अध्यक्ष दाहालले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी/जनजाति समूदायलाई पनि सचेत गराए । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको पनि स्पष्ट पारे ।

 

उनले आदिवासी/जनजातिहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दवाव दिने गरी बृहत बहसको सुरुवात गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

 

अध्यक्ष दाहालले संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई  दवाव दिन जरुरी रहेको पनि बताए । उनले संविधानमा किटान गरिएको आदिवासी/जनजातिहरुको पहिचान अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन गाउँपालिका, नगरपालिका र वडामा समेत सरकारको परिकल्पना गरिएपनि सो अनुसार काम हुन नसकेको पनि स्पष्ट पारे ।

 

अध्यक्ष दाहालले नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन सबै जातिहरुको आत्मसम्मान हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउनुको विकल्प नरहेको पनि दोहोर्याए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...