कालापानी मात्र होइन, लिम्पियाधुरासम्मको भूमि नेपालको हो
पाँच वर्षअघि जब नेपाल भूकम्पले ल्याएको विपतसँग संघर्षरत थियो, १ जेठ ०७२ मा भारतीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदा लिपुलेकलाई भारत र चीनबीचको व्यापारिक मार्ग बनाउने सहमति भएको थियो । मोदी र चिनियाँ समकक्षी लि खछियाङबीच भएको सहमति संयुक्त वक्तव्यमार्फत सार्वजनिक