कालापानी मात्र होइन, लिम्पियाधुरासम्मको भूमि नेपालको हो



हाम्रो इकोनोमि

 

पाँच वर्षअघि जब नेपाल भूकम्पले ल्याएको विपतसँग संघर्षरत थियो, १ जेठ ०७२ मा भारतीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदा लिपुलेकलाई भारत र चीनबीचको व्यापारिक मार्ग बनाउने सहमति भएको थियो । मोदी र चिनियाँ समकक्षी लि खछियाङबीच भएको सहमति संयुक्त वक्तव्यमार्फत सार्वजनिक भएपछि झस्किएको नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएर विरोध जनायो । तर, दुवैले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले लिपुलेकमा नेपालको दाबी पुष्टि हुने गरी प्रमाण खोजेर प्रतिवेदन बुझाउन विज्ञ टोली गठन गरेको थियोे । जलस्रोतविज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय नेतृत्वको पाँच सदस्यीय टोलीले प्रमाणसहितको प्रतिवेदन पनि बुझायो । प्रतिवेदन तयार हुँदा केपी ओली देशको प्रधानमन्त्री र कमल थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र फेरि केपी ओली प्रधानमन्त्री भए पनि प्रतिवेदन भने दराजमै छ ।

उपाध्याय नेतृत्वको विज्ञ टोलीमा नापी विभागका पूर्वमहानिर्देशकद्वय पुण्यप्रसाद ओली र राजाराम छत्कुली, नेपाली सेनाका पूर्वसहायकरथी रणध्वज लिम्बू र परराष्ट्रका पूर्वसहसचिव नवीन श्रेष्ठ सदस्य थिए ।

टोलीले लिम्पियाधुरा नै कालीनदीको मुहान भएको र नेपालको सिमाना पनि त्यहीँसम्म रहेको सप्रमाण विवरण तत्कालीन सरकारलाई बुझाएको थियो । टोलीले शीतलनिवास, नारायणहिटी, पुरातत्व विभागमा रहेका नक्सा तथा दस्ताबेज अध्ययन गरेको थियो । प्रतिवेदनले निम्नअनुसार ठहर गरेको थियो ।

-सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । र, कालीनदी नै नेपाल–भारत सिमाना हो ।

-१८६० सम्मका नक्साअनुसार पनि लिम्पियाधुरा नै कालीको मुहान हो । तर, सन् १८६० पछि भारतीयले लिम्पियाधुराबाट बगेको कालीनदीको नाम कुटियाङ्ती राखिदिए र त्योभन्दा धेरै पूर्व अर्थात् नेपालकै भूमि लिपुलेकबाट बग्ने नदीलाई काली भनिदिए ।

-यसरी लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३१० वर्गकिलोमिटर भूमि भारतीयले आफ्नो पक्षमा पार्न खोजे ।

-१९६२ मा चीनसँगको लडाइँपछि भारतले कालीपूर्वको भूभाग नेपाली भूमि मिचेर कालापानीमा बंकरसहित सैनिक संरचना बनायो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...