मैले आफ्नो ‘ड्रिम ब्वाइ’ भेटिसकेँ : पूर्णिका शाह



हाम्रो इकोनोमि

राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह ।

पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।

 

एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए ।

यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’

पूर्णिकालाई एउटा नमीठो प्रश्न पनि सोधिएको छ ।

‘तपाईंका बुबा र हजुरबुबाले वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या किन गरे ?’ एकजनाले सोधे ।

त्यसलाई पूर्णिकाले जवाफ फर्काएकी छिन्, ‘यदि तपाईंलाई यो कुरा साँचो लाग्छ भने मलाई किन फलो गर्नुहुन्छ ?’

पूर्णिकाले राजनीतिमा आफ्नो रुचि नरहेको बताएकी छिन् ।

पढाइ सिध्याएपछि सधैंका लागि नेपाल फर्किने उनको भनाइ छ । साथै भविष्यमा कुनै आध्यात्मिक कर्ममा संलग्न हुने योजना पनि उनले सुनाएकी छन् ।

 

प्रश्न : धेरै नेपाली केटीहरू तपाईंका भाई हृदयन्द्रप्रति हुरुक्क हुन्छन् । उनको बारेमा टिकटक भिडियो बनाउँछन्, दिउँसै सपना देख्छन्, आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गर्छन् । उनीहरूलाई तपाईंको सन्देश के छ ?

पूर्णिका : सबैको माया र साथलाई हामी कदर गर्छौं ।

प्रश्न : तपाईंको प्रेरणा स्रोत को हो ?

पूर्णिका : मेरी आमा

प्रश्न : तपाईंको सबैभन्दा ठूलो शक्ति के हो र तपाईं तनाव र दबाबलाई कसरी सामना गर्नुहुन्छ ?

पूर्णिका : मेरी आमा नै मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ । उहाँले सधैं मलाई राम्रो मान्छे बन्नलाई प्रोत्साहन गर्नुभयो ।

प्रश्न : तपाईंले कहिल्यै कसैलाई थप्पड हान्नुभएको छ ?

पूर्णिका : अँ, हानेकी छु ।

प्रश्न : रोमान्टिक फिल्म कि हरर फिल्म रुचाउनुहुन्छ ?

पूर्णिका : हरर

प्रश्न : थाइल्यान्डमा तपाईं कुन कारमा यात्रा गर्नुहुन्छ ? तपाईंसँग कतिवटा कार छन् ?

पूर्णिका : मसित कार छैन । म यहाँ सार्वजनिक सवारीसाधनमा यात्रा गर्छु ।

प्रश्न : तपाईं आफ्ना भाइबहिनीसँग कत्तिको झगडा गर्नुहुन्छ ?

पूर्णिका : हामी त कुकुर र बिरालो जस्तै झगडा गरिरहन्छौं ।

प्रश्न : तपाईंको चम्किलो त्वचाको रहस्य के हो ?

पूर्णिका : स्न्यापच्याट फिल्टर !

प्रश्न : तपाईंले आफ्नो भाइका फ्यानगर्लहरूको टिकटक हेर्नुभएको छ ?

पूर्णिका : हेरेको छु । ‘क्युट’ छ ।

प्रश्न : तपाईं शाकाहारी हो ?

पूर्णिका : अहिले होइन । भविष्यमा हुन्छु होला ।

प्रश्न : तपाईंको भाइबहिनीको सबैभन्दा राम्रो गुण के हो ?

पूर्णिका : उनीहरूको हृदय कोमल छ ।

प्रश्न : तपाईं कहिल्यै एकान्तमा रुनुभएको छ ?

पूर्णिका : रोएको छु ।

प्रश्न : मैले तपाईंका बारेमा दुईवटा कुरा सुनेको छु । तपाईंले संस्कृत पढ्नुभएको छ र तपाईं नेपाली भाषामा राम्रा कविता लेख्नुहुन्छ । यी कुरा सत्य हुन् ?

पूर्णिका : म संस्कृत जान्दिनँ र नेपालीमा कविता पनि लेख्दिनँ ।

प्रतिक्रिया दिनुहोस
एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...