कोशी अस्पतालबाट कोरोना निको भएपछि ८ जना डिस्चार्ज



हाम्रो इकोनोमि

 

विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेको उदयपुर त्रियुगा नगपालिका ३ भुल्केबाट संक्रमित भएर आएका थप ८ जना कोरोना निको भएपछि डिस्चार्ज भएका छन् । पहिलो, दोस्रो र पछिल्लो तेस्रो पटकको पिसिआर प्रविधिबाट गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरुमा उदयपुरका अजाद आलम, मो. परबेज आलम, मुख्तार मियाँ र रौसन खातुन, विराटनगरका आइमुन मियाँ र इजरायल मिया तथा भारतीय नागरिक मो. आदिम छन् । डिस्चार्जपछि पनि उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संगिता मिश्राले जानकारी दिइन् । डिस्चार्ज भएकाहरुलाई इम्युनिटी पावर बढाउने आयुर्वे्दिक औषधि दिएर पठाइएको छ । डिस्चार्ज भएकामाध्ये ७ जनालाई विराटनर रानी स्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ भने उदयपुर भुल्केकी महिलालाई घरमै क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ ।

भुल्केको मस्जिदमा बसेका भारतीय जमाती एक जना, मस्जिदमै रहेका विराटनगर १७ का २ जना र एक महिलासहित भुल्केका स्थानीय ५ जना डिस्चार्ज भएका हुन् । उनीहरुमा बैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।

चिकित्स्कीय निगरानीमा रहेका उनीहरुले कुनै औषधि सेवन नगरी आफ्नै रोग प्रतिरोध क्षमताले कोरोना परास्त गरेको अस्पतालले जनाएको छ । प्रदेश १ मा भेटिएका ३१ संक्रमितमध्ये १४ जना डिस्चार्ज भएकोले अब अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् ।

अस्पतालबाट कोरोनामुक्त भएकाहरुलाई केही समय क्वारेन्टाइनमा राखिनेछ । यसअघि बुधबार डिस्चार्ज भएका ६ जनालाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइनमा राखिएको छ । डिस्चार्ज भएकाहरूलाई अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...