राजनीति

दुई साताभित्र नयाँ सरकार बन्छ : नेता राई

नेकपा (एमाले)का नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ सरकार बन्ने बताउनुभएको हो ।