सरकार नबन्दै बाम गठबन्धन भित्र मन्त्रीका आकाक्षी बीच यस्तो मारामार,देउवाले हाइ सन्चो हुने गरी सात भाईको मुखमा लगाईदिए बुझो



प्रधानमन्त्री शेरबहादुर देउवाको सत्तालिप्साका कारण सरकार गठन कम्तीमा एक महिनापछि धकेलिए पनि माओवादी केन्द्रभित्र अहिल्यैदेखि नयाँ सरकारमा मन्त्री बन्न दौडधुप सुरु भएको छ ।

एमालेसँगको भागबन्डामा १५ वटा मन्त्रालयमध्ये माओवादीले उपप्रधानमन्त्रीसहित बढीमा ६ वटा मन्त्रालय पाउन सक्ने सम्भावना छ । पाँचवर्षे स्थिर सरकार बन्ने भएकाले यसअघि मन्त्री भइसकेका माओवादीका स्थायी समिति र पोलिटब्युरो तहका अधिकांश नेता मन्त्रीको दौडधुपमा लागेका छन् ।

त्यसका निम्ति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि भावी प्रधानमन्त्री केपी ओलीलाई रिझाउने माओवादी नेताहरूले प्रयास गरिरहेका छन् ।

नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा र टोपबहादुर रायमाझीले नयाँ सरकारमा उपप्रधामन्त्रीसहित महत्वपूर्ण मन्त्रालयमा दाबी प्रस्तुत गरेको स्रोतले जनाएको छ ।

अर्कातिर नयाँ शक्तिबाट भर्खरै माओवादी केन्द्रमा आएका नेता देवेन्द्र पौडेलले मन्त्रीका लागि अस्वाभाविक चलखेल गर्दै नियमितजसो प्रचण्ड निवास खुमलटार धाइरहेको स्रोतको दाबी छ ।

प्रचण्डको जानकारीबिनै एकताको मोडालिटीका कुराहरू बाहिर ल्याएपछि उनलाई आइन्दा त्यस्तो काम नगर्न सचिवालय बैठकमै निर्देशन दिनुपरेको माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नियमित चर्चा हुने गरेको छ । मन्त्री बन्ने धुनमा रहेका उनी एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको निवास डल्लुसमेत पुगिसकेका छन् ।

ओवादीभित्र प्रभावशाली हुँदै गएका वर्षमान पुनले यसपटक उपप्रधानमन्त्री दाबी नछाड्ने भएका छन् । प्रतिद्वन्द्वी ठानिएका कृष्णबहादुर महरालाई एकीकृत पार्टीमा पनि रोकेर प्रभाव बढाउन उपप्रधानमन्त्री बन्नैपर्ने निष्कर्षमा उनी पुगेका हुन् ।

यसपटक उपप्रधानमन्त्री नबने अघिल्लो मन्त्रिमण्डलमा लोकप्रियता कमाएर पार्टीमा प्रभाव बढाइरहेका जनार्दन शर्माले उछिन्ने हो कि भन्ने चिन्ता पुनलाई परेको बताइन्छ । त्यसो त महराले उपप्रधानमन्त्रीसहित गृह वा अर्थ, पुनले अर्थ र शर्माले पुनः जलस्रोत वा गृह मन्त्रालयमा नजर लगाएको माओवादी कार्यकर्ताहरू चर्चा गर्ने गर्छन् ।

उता, चुनावअघि नै एमाले अध्यक्ष ओलीसँग लाइन मिलाएर चर्चामा आएका नेता अग्नि सापकोटा पनि मन्त्री बन्ने दौडमा लागेका छन् । ३ नम्बर प्रदेशमा अष्टलक्ष्मी शाक्य, पशुपति चौंलागाईं, राजेन्द्र पाण्डेदेखि अरुण नेपालसम्मका प्रभावशाली नेताहरू एमालेभित्रको समीकरणमा फरक कित्तामा रहेको भन्दै उनले अहिल्यैदिख बालकोटमा एमालेकै नेताहरूमार्फत लाइन मिलाइसकेको चर्चा चल्न थालेको छ ।

त्यस्तै, मधेसबाट मातृका यादव र प्रभु शाहले पनि मन्त्री बन्ने इच्छा जनाएका छन् भने जाजरकोटका शक्ति बस्नेतले पनि मन्त्रीका लागि दौडधुप थालेको बताइन्छ । काठमाडौं उपत्यकाबाट भने मन्त्रीका लागि माओवादीबाट कोही पनि दाबेदार छैनन् ।

सात भाइको मुखमा बुजो
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेर नेतृत्वमा युवाको सहभागिताको नारा उचालिरहेका सात भाइको मुखमा बुजो लगाइदिएका छन् ।

देउवा विरोधीको पहिचान बनाएका धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, चन्द्र भण्डारीलगायतले नेतृत्वमा युवाको नारा दिएर अप्रत्यक्ष रूपमा गगन थापालाई पार्टीको प्रवक्ता नियुक्त गर्न दबाब दिएका थिए ।

तर, देउवाले शर्मालाई नियुक्त गरेर एक लट्ठीले दुइटा सिकार गरेको चर्चा कांग्रेस वृत्तमा चलेको छ । शर्माको नियुक्तिले युवाको मागलाई पनि सम्बोधन गरेको छ भने अर्कातिर उनी अरू युवाभन्दा देउवाप्रति कम आलोचक मानिन्छन् ।

त्यसो त यसअघि नै गगन आफैंले सामाजिक सञ्चालनमार्फत आफू पार्टीको प्रवक्ता भएको हौवा पिटाएको बताइन्छ । स्रोतका अनुसार सभापति देउवाले गगनलाई ‘तिमीलाई प्रवक्ता बनाऊँ त, काम गर्न सकिन्छ’ सम्म भनेर सोधेका थिए ।

तर, यत्तिको भरमा यो कुरालाई गगनका प्रेस संयोजक जीवन भण्डारी र चालक सविन मुडभरीले अतिरञ्जित तरिकाले बाहिर प्रचारमा ल्याएका कारण पनि उनको प्रवक्ता पद गुमेको बताइन्छ ।

‘देउवाले उनीसँग धारणा मात्र मागेका थिए, तर त्यो कुरालाई उसरी बाहिर ल्याइयो कि मानौं उनको निर्णय नै भइसक्यो, जसका कारण प्रवक्ता पद नै गुम्यो,’ कांग्रेसनिकट स्रोतले भन्यो ।

शर्माको नियुक्त पछि अहिले कांग्रेसका युवाहरू मौन छन् । बरु, रामचन्द्र पौडेल समूहले संसदीय समिति र कार्य सम्पादन भंग गर्नुपर्ने माग राखेको छ । विगतमा यी समिति पौडेल समूहकै सहमतिमा बनेका थिए ।

अर्को रमाइलो कुरा त पौडेलले देउवाले नेतृत्व छाडे आफू पनि छाड्न तयार रहेका बताएका छन् । आफू निर्वाचन हार्ने अनि जितेका देउवाले छाड्नुपर्ने भन्ने उनको रोइलोलाई पनि कार्यकर्ताले धेरै नरुचाएको बताइन्छ, बुधबारमा उल्लेख छ ।

तर, निर्वाचनमा यस्तो पराजय भोग्दा पनि त्यसको समीक्षा गर्न बैठक नबोलाउने देउवाको हुकुमी शैलीको भने उनकै गुटमा पनि आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका