बैकक पुगेर ओली गिरिजाप्रसादको बाटो हिड्न राजी,बेबी किङ राख्न सहमत हुदै हिमानी संगै स्वदेश फर्किए ओली



हाम्रो इकोनोमि

०६३ सालमा राजनीतिले चामत्कारिक गतीमा बढिरहँदा तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले बेबी किङको बारेमा चर्चा गरेका थिए। तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई नै त फेरि अधिकार छाड्न सकिन्न तर राजाका नातीलाई उत्तराधिकारी बनाउन सकिने एउटा चर्चा स्वरुप उनले ‘बेबी किङ ’को अवधारणा फालेका थिए ।

अर्थात् राजसंस्था कुनै स्वरुपमा राख्न सकिन्छ की भन्नेमा उनको मनको अन्तरकुन्तरमा थियो की भन्ने आधार थियो। ज्ञानेन्द्र शाहले पटक पटक धोका दिएको कारण उनी तत्शाकालिन राजासँग भने रुष्ट थिए ।

गिरिजाले गणतन्त्रको घोषणा नहुन्जेलसम्म बेबी किङको प्रसङग कहि न कहि उठाए । यसका पछाडी घरेलु राजनीति सँगै थुप्रै अन्य कारण पनि थियो । काठमाडौंमा खासै नबोल्ने गिरिजाप्रसाद विराटनगर आफ्नो निवासमा पुगेपछि केही न केही तरङ्ग दिने क्रममा बेबी किङको प्रसङगमा बोलेका थिए । उनको त्यो भनाइ निकै चर्चित भयो ।

एकातिर राजावादीहरु गिरिजासंग आगो भए भने कम्युनिष्ट शक्तिहरु जतिसुकै सडकमा कुर्लिए पनि यथार्थमा राजसंस्थाप्रति थर्कमान थिए । पूर्वराजाले शाही शासन ल्याउँदा नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने आशाले दरबारमा निवेदन हाल्न पुगेका थिए । त्यतिबेला एमालेपथमा खासै चर्चामा नरहेका हालका अध्यक्ष केपी शर्मा ओली अझ बढी थर्कमान थिए ।

उनी रत्नपार्कदेखि लिएर रिङरोडमा शाही शासनको विरोध भइरहँदा ‘ट्याक्टरमा चढेर अमेरिका पुग्छु भन्नेहरु बिलाएर जाने’ ब्यङ्ग्य कसिरहन्थे । सम्भवतः नपत्याउने खोलाले बगायो । सशस्त्र द्धन्द्धमा होमिएको माओवादीले पनि कहिल्यै राजसंस्था ढाल्ने सोचेको थिएन ।

कुनै समय माओवादीको राजसंस्थासंग नजिकको सम्वन्ध रहेको चर्चा बाहिर आउँथ्यो । हुनत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जोसंग पनि आफ्नो नजिकको सम्बन्ध रहेको जनाउँदै राजनीतिक शिखरमा छन् ।

अहिले केपी ओलीको हातमा एक किसिमले मुलुकको शक्ति छ । निर्वाचनमा एमालेले सर्वाधिक मत ल्याउनु अनि माओवादी केन्द्रसंग पार्टी एकता भए बहुमत प्राप्त पार्टी बन्नेछ र उसले चाहेका खण्डमा धेरैजसो इच्छा पूरा गर्नेछ ।

केपी ओली र पूर्व राजा ज्ञानेन्द्र शाहका प्रतिनिधिबीच पटक पटक भेट भइसकेको छ । पछिल्लो समय पूर्व युवराज्ञी हिमानी शाहसंग बैंककमा उनको राम्रै वार्ता भएको जानकारहरु बताउँछन । ओली र हिमानी बिहिबारै नेपाल फर्कदैछन् ।

स्वास्थ्य उपचारका लागि पुस २६ गते बैंकक गएका ओली मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने उनको सचिवालयले जनाएको छ । हिमानी पनि सोही फ्लाइटमै आउँदै छिन् । ओलीले यसअघि नै पूर्व राजपरिवारलाई समेटेर लैजान सक्ने बताएका थिए । अब बहुमत प्राप्त पार्टी बनेमा र भारतको पनि चाहना मिलेमा मधेसवादी दलहरुको सहयोगमा केपी ओलीले संविधान संशोधनसम्म गर्न जोड दिनेछन् ।

बेबी किङ भनेर गिरिजाले भनेका पूर्वराजाका नाती हृदयेन्द्र किशोर भइसकेका छन् । उनलाई बेबी किङका रुपमा हेर्न सक्ने अवस्था रहेन । तर स्रोत भन्छ कि अब विकल्पमा रहेकी पूर्व युवराज्ञी हिमानीलाई कुनै स्थान दिन सकिन्छ । ओलीले त्यसलाई पूरा गर्नका लागि कुनै सम्झौता गरेका रहेछन् भने अन्यथा नसोचे हुन्छ ।

गिरिजाले त राजनीतिले कस्तो मोड लिने रहेछ भनी परीक्षण गर्नका लागि सो सयममा उक्त बोली बोलेका थिए । तर ओलीको बोली फरक हुन सक्नेछ । के स्वर्गीय गिरिजा प्रसादले राजनीतिक परिक्षणका लागि चालेको दाउ केपी ओलीले चाल्न खोजेको होलान त रु सरकारले प्रदेशको अस्थायी राजधानी तोकेसंगै ठाउँठाउँमा आगो बल्न थालेको छ ।

कतै यसमा राजावादीको पनि साथ रहे आगो भने अझै बढी जोडले बल्नेछ । संविधान कार्यान्वयनका लागि भएको यो पहिलो पाइलामा नै केहि अप्ठ्याराहरु आएका छन्। तर यो अवस्थाका फाइदा उठाएर राजसंस्थालाई फर्काउन चाहनेहरु मुलुकलाई थप संक्रमणमा धकेल्न क्षमता राख्लानरु यो अवस्थामा पुग्नु भन्दा पनि सहज निकासको बाटोमा ओली उनीहरुको साथमा हुन्छनकी भन्ने आशंका भने व्याप्त छ।

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...

३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...