देउवालाई सानेपामा घेराबन्दीमा पारेर सनासो लगाउने यस्तो छ तयारी,केन्द्रीय कार्यसमिति बैठकमा को-को बन्दैछन देउवालाई भारी



हाम्रो इकोनोमि

राष्ट्रियसभा निर्वाचनको तयारीका लागि भन्दै कांग्रेसले आह्वान गरेको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि बैठक सुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। राष्ट्रियसभा निर्वाचनको तयारीका लागि भन्दै बैठक बोलाइए पनि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको भोगेको पराजयमा बैठक केन्द्रित रहनेछ।

चुनावी समीक्षाका लागि भन्दै पार्टीभित्रबाट चर्को दबाब बढेपछि सभापति देउवाले बैठक बोलाएका हुन्।

पार्टी सञ्चालनमा सभापति देउवाले मनपरी गरेको आरोप लगाउदै अधिकांश केन्द्रीय समिति सदस्यले नेतृत्वको चर्को आलोचना गर्ने तयारी गरेका छन्। विधान पार्टीका विभिन्न विभाग तथा पदाधिकारी नियुक्त गर्न नसकेको आलोचना समेत सभापति देउवाले आजको बैठकमा बेहोर्नुपर्नेछ। कांग्रेसको केन्द्रीय समिति बैठक चुनावी समीक्षामा मात्र केन्द्रित रहनेछैन यसले पार्टीभित्रको गुटहरुको बदलिँदो स्वरुप समेत तय गर्नेछ।

पौडेलसँग गाँसिएका केसी र सिटौला
चुनावी परिणामले सभापति देउवा जति दबाबमा छन्, त्यत्ति नै दबाब पार्टीभित्रको शक्ति समीकरणमा आएको फेरबदलले थपेको छ। पार्टीको १३ औं महाधिवेशनमा आफ्नै समूहबाट महामन्त्री लडेका अर्जुननरसिंह केसी र निर्णायक मतदानमा सघाएका कृष्ण सिटौला सभापति देउवासँग असन्तुष्ट छन्।

केसीकै पहलमा बोलचाल बन्दै अवस्थामा रहेका पौडेल र सिटौलाले केही समयअघि मात्र गोप्य बैठक गरेका छन्। स्रोतका अनुसार पार्टी सञ्चालनमा अब पौडेलसँग केसी र सिटौलाको सहकार्यले कांग्रेसभित्रको शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्नेछ।

कोइराला समूह
कांग्रेसको आन्तरिक पार्टी राजनीतिमा कोइराला समूह सधैं शक्तिशाली छ। पार्टीको १३औं महाधिवेशमा सशांक कोइरालाले महामन्त्रीमा निर्वाचित भएर त्यसलाई पुष्टि गरिसकेका छन्। केन्द्रीय समिति बैठकअघि शशांकको निवासमा कोइराला समूहको बैठक बस्यो, जहाँ शेखर कोइराला र सुजाता कोइराला सहभागी थिए। पौडेलको समूहमा खासै उपस्थित हुन छाडेका शशांक पछिल्लो समय देउवा र पौडेलसँग समदुरीमा बस्न थालेका छन्। स्रोतका अनुसार कांग्रेसको आन्तरिक पार्टी सञ्चालनमा अब कोइराला परिवारका तीन शक्तिशाली हस्ती सहकार्य गरेर अघि बढ्ने निष्कर्षमा पुगेका छन्।

युवा नेताको चुनौती
चुनावी पराजयपछि नेतृत्व फेर्नुपर्ने चर्को दबाब उठाउँदै आएका कांग्रेसका प्रभावशाली युवा नेता सामूहिक रुपमा पार्टी नेतृत्वप्रति चर्को असन्तुष्टि पोख्ने कोसिसमा छन्।

बिहीबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टी नेतृत्व परिवर्तनको पक्षमा बलियोसँग आवाज उठाउने तयारी गरेका छन्। सात जनाको समूह बनाएर पार्टी सुदृढिकरणको अभियान सुरु गरेका युवा समूहलाई कमजोर बनाउन सभापति देउवाले विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएर आफ्नो पक्षमा पार्न सफल भएका थिए। तर पनि चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे लगायतको समूहले पार्टी नेतृत्वविरुद्ध चर्को दबाब बढाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...

३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...