ओलीलाई स्वागत गर्न विमानस्थलमा चाकडी गर्नेको लर्को,ओलीले देउवालाई यसरी हन्न्दैछन क्षेप्यास्त्र



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किदैछन् । नेपालका शीर्ष नेताहरु जुनसुकै उद्देश्यले विदेश जाँदा र फर्कदा विमानस्थलमा पत्रकारहरुसँग केही प्रतिक्रिया दिने गरेका छन् ।

जाने बेलामा विदेश जानुको उद्देश्य र फर्कदा उपलब्धिका बारेमा जानकारी दिने प्रचलन छ । तर यसबाहेक पनि महत्वपूर्ण राजनीतिक अभिव्यक्ति प्राथमिकतामा पर्ने गर्दछ ।

ओली उपचारका लागि बैँकक गएपछि नेपालमा केही राजनीतिक घटनाक्रम अगाडि बढिसकेकाले पनि आज ओलीको बोलीले धेरै अर्थ राख्न सक्छ ।
सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख हिजो मात्रै तोकेकाले आज ओलीले यस विषयमा पक्कै पनि मुख खोल्नेछन् ।

यसअघि वाम गठबन्धनले सरकारलाई अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न दबाब दिए पनि त्यहि काम सरकारले गरेपछि भने किन गरेको भने झैँ गरी असन्तुष्टी व्यक्त गरेका छन् । अर्थात वाम गठबन्धनले दोहोरो चरित्र देखाएका छन् ।

ओलीले पनि पक्कै प्रधानमन्त्री शेरबहादुर देउवाको आलेचना गर्ने अनुमान गर्न सकिन्छ ।

राष्ट्रियसभाको निर्वाचन पनि नजिकिदै छ । निर्वाचन आयोगले चुनावी तयारी गरिरहेको छ भने पार्टी एकता गर्ने भनेर प्रक्रियागत रुपमा अगाडि बढेका एमाले र माओवादीले राष्ट्रियसभा चुनावका लागि भागबण्डाको टुङ्गो लगाएका छन् ।

ओलीले समग्रमा पार्टी एकता र नयाँ सरकार निर्माणका बारेमा पनि मुख खोल्ने सम्भावना छ ।

एमालेमा प्रवेश गरेर प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका पूर्व डिआइजी नवरावज सिलवाललाई प्रहरीले पक्राउका लागि खोजिरहेको छ । तर एमालेको संरक्षणमा उनी पक्राउ पर्न नसकेको आरोप लागिरहेका बेला यस विषयमा ओलीले मुख खोले भने त्यो सबैभन्दा महत्वपूर्ण समाचार बन्न सक्छ ।

तर अहिलेसम्म ओलीले सिलवालका बारेमा केही नबोलेकाले आज पनि बोल्ने सम्भावना देखिदैन । यद्यपी पत्रकारको प्रश्न सोझियो भने ओलीले के गर्छन्, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
कैलाश ढुंगेल र कृष्ण दाहालको प्यानल बन्दै, सबै पदमा निर्वाचन हुने

      नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अन्ततः सबै

यी हुन् एमाले बागमती प्रदेशका पदाधिकारी उम्मेदवार- अध्यक्षमा ५ जना, अन्यमा कति ?

    नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेको छ

बागमती प्रदेश उपाध्यक्षमा दावादोर्जे लामाले गरे उम्मेदवारी दर्ता

    नेकपा एमालेको बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावादोर्जे लामाले  उम्मेदवारी दर्ता

प्रधानमन्त्री दाहाल ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने

    चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा