प्रदेशको राजधानी माग्दै आन्दोलन उग्र बनेपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यु



हाम्रो इकोनोमि

प्रदेश राजधानी माग गर्दै चर्किएको आन्दोलनले उग्र रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

बुधबार सरकारले प्रदेश एकको राजधानी विराटनगर तोकेपछि आक्रोशित भएका आन्दोलनकारीले बिहीबार क्षेत्रीय प्रशासन, मालपोत, हुलाक, उच्च अदालत तोडफोड गरेपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।

‘सरकारी कार्यालय, सवारी साधान एवं बजार तोडफोडका घटना हुन थालेपछि कफ्र्यु आदेश जारी गरिएको हो’, उनले भने।

प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा धनकुटा काँग्रेसका कोषाध्यक्ष दिनेश राईसहित घाइते हुनेको संख्या ७ पुगेको छ। झडपमा परी धनकुटा काँग्रेसका कोषाध्यक्ष दिनेश राईको टाउको फुटेको छ। आन्दोलनकारीले सरकारी कार्यालयमा लगाएको आगो निभाउन परिचालन भएको दमकल र को २ च ४३२ नम्बरको एम्बुलेन्स पनि प्रदर्शनकारीले तोडफोड गरेका छन्। यसैगरी को १ ब १०६४ नम्बरको मोटरसाइकल एवं एसपी सुदीप राजभण्डारी सवार ना २ झ १३१४ नम्बरको सवारी साधन तोडफोड गरेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...