राजनीति

ओली आज प्रधानमन्त्री बन्दै, ओली–दाहाल दुवै अध्यक्ष, राष्ट्रपति–उपराष्ट्रपति यथावत

मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी एमाले माओवादी केन्द्रबीच पार्टी एकीकरणको सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच भएको सहमतिलाई अनुमोदन गर्दै बुधबार बसेको पार्टी एकता संयोजन समिति बैठकले एकीकरणको निर्णय लिएको हो