राजनीति

एमाले-माओबादी एकता वार्ता सेलायो,ओली पखालाले थला,प्रचण्ड लागे चितवन तिर

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार चितवन गएपछि एमाले–माओवादी एकता संयोजन समितिको बैठक सरेको छ। प्रचण्ड शनिबार मात्रै चितवनबाट फर्कनेछन्। प्रमुख कार्यकारी दुई पद प्रधानमन्त्री र एकतापछिको पार्टी अध्यक्षमध्ये एक आफूले पाउनुपर्ने स्पष्ट सन्देश ओलीलाई दिएर प्रचण्ड चितवन गएका हुन्।