गच्छदारले २ करोड पचाउन पर्यटन मन्त्रालयका सचिबको सरुवा गरेको यसरी खुल्यो भेद



हाम्रो इकोनोमि

पर्यटनमन्त्री जितेन्द्र देवले तीन महिना नपुग्दै सचिवको सरुवा गरेका छन्। मन्त्रिपरिषद्को बैठकले महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो। पर्यटन मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटालाई ल्याइएको छ।

कात्तिक ७ गतेको मन्त्रिपरिषद् बैठकबाट पर्यटनमा सरुवा भएका न्यौपाने मन्त्रीले दिएको दबाब नमान्दा सरुवामा परेका हुन्।
स्रोतका अनुसार मन्त्री देवले नागरिक उड्ययन प्राधिकरण (क्यान) मन्त्रालयका महानिर्देशक (डिजी)फेर्न चाहेका थिए। देवलाई उपप्रधानमन्त्री बिजय गच्छदारले क्यानको डिजी फेर्न दबाब दिँदै आएका थिए।

महेश्वर न्यौपानेले टेलिफोनमा कुरा गर्दै पर्यटन मन्त्रीले क्यानको डिजी फेर्ने ठाडो प्रस्ताव तयार गर्ने दबाब आएको बताए। उनले भने, ‘मन्त्री ज्यूले उपप्रधानमन्त्री विजय गच्छदारबाट आफूलाई दवाब आएकाले क्यानको डिजीमा संजिव गौतमको स्थानमा मन्त्रालयका हवाई उड्ययन महाशाखा प्रमुख सह-सचिव सुरेश आचार्यलाई नियुक्त गर्ने प्रस्ताव तयार पार्ने भन्नु भएको थियो।’ उनले आफुले प्रस्ताव तयार नगरेकाले आफ्नो सरुवा भएको हुने सक्ने बताए।

स्रोतका अनुसार, गच्छदारको स्वार्थ बमोजिम काम नगर्दा क्यानका डिजी संजिव गौतम मन्त्री देवको निशानामा परेका थिए।
गच्छदारका छोरा सुवास गच्छदारलगायतले गत असोजबाट गौतमलाई हटाउने प्रयास गर्दै आएका छन्।
मन्त्री निकट स्रोतले सचिवकै असहयोगले क्यानको डिजी परिवर्तन गर्न नसकिएको देशसञ्चारलाई बताएको थियो।

गच्छदारले देव मार्फत निर्वाचन भन्दा अगाडि नै क्यानको डिजी फेर्न प्रयास गरेका थिए तर निर्वाचन आयोगको असहमति पछि उनीहरुको प्रयास सफल भएको थिएन।

अहिले आचारसंहिता नलागेको भन्दै मन्त्रीले लामो समय देखि न्यौपानेलाई डिजी फेर्न प्रस्ताव तयार पार्न दवाब दिदैं आएका थिए तर मन्त्रीले भने बमोजिम नगर्दा न्यौपाने सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा थन्किएका हुन्।
स्राेतका अनुसार शुक्रबार बेलुका सम्म पनि देवकोटा पर्यटनमा जान राजी थिएनन्।

आयल निगमका महाप्रबन्धक गोपाल खड्कालाई कारवाही सिफारिस गरे पछि देवकोटा आपूर्ति मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका थिए।
पर्यटन मन्त्री देवलाई सचिव सरुवा बारे बुझ्न पटकपटक टेलिफोन गर्दा पनि उनी सम्पर्कमा आएनन्। श्रोतका अनुसार सुनसरी घर भएका सह सचिब आचार्यलाई गौतमको ठाउमा सरुवा गराउने शर्तमा गच्छेदारले २ करोड असुली सकेका छन्।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...