देउवा सरकारको निर्णयका बिरुद्द यसरी कुर्लिए कांग्रेसकै नेता,पार्टीभित्रै एक्लिँदै गरेका देउवाको धोती खुस्काउन को-को भए सक्रिय



हाम्रो इकोनोमि

देउवा नेतृत्वको सरकारले गरेका दीर्घकालीन निर्णयले राज्यकोषमाथि ठूलो धक्का लागेको भन्दै यतिबेला चौतर्फी विरोध भइरहेको छ।

एमालेले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले सस्तो लोकप्रियताका लागि जथाभाबी निर्णय गरेको भन्दै असन्तुष्टी जनायो। देउवा नेतृत्वको सरकारले गरेका निर्णयको काँग्रेसभित्र पनि विरोध हुन थालेको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेका वरिष्ठ नेताले पनि उक्त निर्णयलाई मापदण्ड विपरीत भएको भन्दै असन्तुष्टी पोखेका छन्।

सरकारले गरेका निर्णयप्रति असन्तुष्टी जनाउँदै नेपाली काँग्रेसका नेता निलाम्बर आर्चायले प्रतिनिधिसभा नभएको अवस्थामा सरकारमा रहेको शक्तिले कामचलाउ बाहेकका अन्य निर्णय गर्नै नमिल्ने बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्, ‘संसदीय लोकतन्त्रमा सरकार संसदप्रति जिम्मेवार हुन्छ र निर्णय गर्ने शक्ति संसदबाट पाउँछ। प्रतिनिधिसभा नभएको अवस्थामा सरकारमा त्यो शक्ति वा प्राधिकार हुँदैन्। त्यसैले त्यस अवस्थामा सत्ता हस्तान्तरणका लागि आवश्यक पर्ने र कामचलाउ चरित्रका बाहेक अन्य निर्णय गर्न मिल्दैन्।’

मन्त्रिपरिषद् बैठकले मंगलबार वृद्धभत्ता पाउने उमेर घटाउने र भूकम्प पीडितलाई चर्को अनुदान प्रदान गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले गरेको वृद्धभत्ता पाउने उमेर घटाउने र भूकम्पपीडितलाई ठूलो परिमाणमा अनुदान दिने निर्णयले राज्यकोषमा ठूलो आर्थिक भार थपिनेछ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...