राज्यलाई भार थप्दै देउवाले अर्को उपद्रो मच्चाए,गोप्य निर्णयका नाममा प्रहरीमा डिआइजीको चार दरबन्दी थप



हाम्रो इकोनोमि

सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआइजी)को दरबन्दी थप गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा चार डिआइजीको दरबन्दी थप गरेको हो ।

दरबन्दी थपपछि प्रहरीमा डिआइजीको संख्या अब ३८ पुगेको छ । गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा प्रहरीमा डिआइजीको दरबन्दी थप गर्ने निर्णय गरिएको हो ।

गृह स्रोतका अनुसार नेपाल प्रहरीको प्रधान कार्यालयबाट नौ डिआइजीको दरबन्दी थप गर्ने प्रस्ताव गरिएको थियो । त्यसमध्ये बुधबारको मन्त्रिपरिषद् बैठकले चारवटा मात्रै डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो ।

बुधबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि सार्वजनिक भने गरिएको छैन । विवाद हुनसक्ने देखिएपछि निर्णय सार्वजनिक नगरिएको गृह स्रोतले जानकारी दियो ।

नेपाल प्रहरीमा अहिले प्रहरी महानिरीक्षक (आइजिपी) एक, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) १२, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ७६, प्रहरी उपरीक्षक (एसपी) १ सय ५७, प्रहरी नायव उपरीक्षक (डिएसपी) ४ सय १८ र प्रहरी निरीक्षक १ हजार ३ सय ५४ छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...