ओली र प्रचण्ड बीच शंकाको यस्तो देखियो डरलाग्दो खाडल,जाकिने डरले दुवै बाम पार्टी एकता गर्न यसरी हच्किए



नेकपा एमाले र माओवादीबिचको पार्टी एकता चुनाव लगत्तै होला भन्ने कतिपयलाई लागेको थियो । त्यसपछि विभिन्न राजनीतिक घटनाक्रमले एकता प्रक्रिया लम्बियो, जसलाई स्वभाविक मान्न सकिन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश गएपछि केही दिनका लागि राम्रै बाहाना मिल्यो । ओली विदेश भइन्जेल एमाले र माओवादीका नेताहरुले भनेका थिए, “ओली फर्किएपछि एकता प्रक्रियाले गति लिन्छ ।”

तर त्यस्तो नतिजा केही देखिएको छैन । ओली र प्रचण्डबिच अझै कुरा मिल्न नसकेको संकेत स्पष्ट छ । विशेषगरी पदीय भागबण्डामै कुरो अड्किएको आशंका पनि धेरैको छ ।

चुनावी गठबन्धनपछि ओली र प्रचण्डचिको सम्बन्ध राम्रो त भएको छ, तर ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी तयार भइसक्दा पनि एमाले भने प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने अवस्थामा पुग्न सकेको छैन ।

चुनावपछि सबैभन्दा ठूलो पार्टी बनेकाले ओली स्वभाविक रुपमा प्रधानमन्त्रीका दाबेदार हुन्, जसलाई जनताले पनि स्विकार गरिसकेका छन् । तर प्रचण्डलाई अध्यक्ष बनाउने र नबनाउनेमा सबै एकमत हुन सकेका छैनन् ।

एमालेले भने दलीय हैसियतका आधारमा ओली नै अध्यक्ष पनि बन्नुपर्छ भन्ने मान्यतामा छन् भने माओवादीका नेताहरु प्रचण्डलाई प्रधानमन्त्री र अध्यक्ष दुवै नदिएको खण्डमा पार्टी एकताको औचित्य नहने निष्कर्षमा छन् ।

प्रचण्डलाई ओलीपछिको हैसियत दिएर महाधिवेसनमा जानुपर्ने एमालेको ठहर जस्तै छ । यो कुरा स्विकार गर्न नत प्रचण्डले सकेका छन्, नत माओवादीका नेताहरुले । अर्कोतिर एमालेकै बामदेव गौतम पक्षधर पनि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।

अर्का नेता माधवकुमार नेपालले एकता गर्नका लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने आशय व्यक्त गर्दै आएका छन् । यद्यपी पछिल्लो समय नेपाल पक्ष पनि प्रचण्डलाई अध्यक्ष दिदा भोलीका दिनमा पार्टीकसरी चल्ला भन्ने चिन्तामा छन् ।
यद्यपी प्रचण्डलाई कस्तो भूमिका दिने भन्नेमा बहस एमालेभित्र बहस भने भइरहेको छ ।

एमाले महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, शंकर पोखरेल र शेरधन राईहरु ओलीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै जोडदारका साथ लागेका छन् । एमालेभित्र प्रचण्डलाई अध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्छ भन्नेमा खुलेर लागेका बामदेव गौतम मात्रै हुन् ।

पार्टी एकता हुनुपर्छ भन्ने दबाब भने दुर्व दलको सबै नेतालाई छ । भिम रावल, प्रदिप ज्ञवाली र अग्नी खरेलहरु मध्यमार्गी बाटोमा छन््,जो पार्टी एकताका लागि प्रतिवद्ध भएर लाग्नुपर्छ भन्ने मनस्थितीमा देखिन्छन् ।

विहिबार वृहत पत्रकार सम्मेलन गरेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि गृहकार्य भइरहको त भने तर पदीय भागबण्डाको विषयमा खुलेर बोल्न सकेनन् ।

यही प्रश्न धमलाले एमाले–माओवादीले चुनावलगत्तै गरेको पत्रकार सम्मेलनमा ओली र प्रचण्ड एउटै मन्चमा हुँदा पनि गरेका थिए । त्यसबेला पनि दुवै अध्यक्षले स्पष्ट जवाफ दिन सकेका थिएनन् ।
त्यसैले पदीय भागबण्डा पार्टी एकताको मूल समस्या हो भन्न सकिन्छ । ओली प्रचण्डबिचको सम्बन्ध राम्रो भएर नै एकता हुनुपर्छ भन्ने मनसाय सबैको छ ।
केही दिन बादल लागेर खुला भएको आकाश जस्तो एमाले–माओवादीबिचको पार्टी एकता कहिले हुने हो अझै भन्न सकिने अवस्था छैन ।

काठमाण्डैको मौसम निकै चिसो भइरहेका बेला प्रचण्ड र ओलीबिचको सम्बन्ध पनि यस्तै चिसो हुने हो वा चिसिइसकेको हो कि भन्ने चिन्ता र डर धेरैमा छ ।
काठमाण्डौमा पानी परेपछि अब चिसो हट्छ भन्ने आशामा यहाँका जनता छन्, यस्तै आशा देशैभरी छ । दुई दलबिचको एकतामा पनि चिसो हटेर उज्यालो घाम अनि न्यानो तापको पर्खाइमा रहेका जनताको अपेक्षा पूरा गर्ने जिम्मा भने ओली र प्रचण्डकै हातमा छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका