मुख्य खबर

देउवाको प्रस्ताव जोशी समूहद्वारा अस्वीकार

      नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई केन्द्रीय सदस्यको प्रस्ताव गरेका छन् । यद्यपि जोशी समूहले देउवाको उक्त प्रस्ताव अस्वीकार गरेको छ । देउवाले सोमबार जोशीका छोरा दीपकराजलाई भेटेका हुन् । भेटघाट विनानिष्कर्ष टुंगिएको छ ।