काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत



हाम्रो इकोनोमि

 

 

काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव जितेन्द्र बस्नेतलाई दिइएको छ । गृह मन्त्रालयका सहसचिव एवम सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका उनलाई उपप्रधान एवम गृहमन्त्री नाराणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

बस्नेतले गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मंगलबार सहसचिवबाट सविचमा बढुवा भएपछि प्रमुख जिल्ला अधिकारीको पद रिक्त भएको थियो । बस्नेत गृह मन्त्रालय आउनु अघि सुदूरपश्चिम प्रदेशको आर्थिम मामिला मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । त्यसअघि उनले राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै गोरखा, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...