प्रधानमन्त्रीको बोलीमा आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक



हाम्रो इकोनोमि

 

 

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ । पार्टीका एक उच्च नेताका अनुसार आज बुधबार दिउँसो १.३० बजे यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक राख्दै छ । बैठक सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय छ, यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको छ,’ एमालेका ती नेताले भने, ‘हामीले यसको विरोध गर्न बैठक डाकेका छौं ।

प्रधानमन्त्रीको यस्तो टिप्पणी हामीलाई सह्य हुँदैन ।’ती नेताले जानकारी दिए अनुसार कांग्रेस लगायत सत्ता साझेदारले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेका छन् । उनीहरुले सत्ता गठबन्धनभित्र यस अभिव्यक्तिबारे छलफल हुने प्रतिपक्षी एमालेलाई बताएका छन् । भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...