एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । पुरानो पाठ्यक्रम अनुसार पढाइ भएको अन्तिम शैक्षिक सत्र भएकाले नतिजा पनि पुरानै ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने नै थियो । खाली विधि पुर्‍याउनका लागि मात्र निर्णय भएको हो’ उनले भने । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरेर सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनेहरुलाई मात्र ग्रेडिङमा समावेश गर्ने व्यवस्था गरेको छ । यस भन्दा कम अंक ल्याउनेको प्रमाणपत्रमा नै एनजी अर्थात् नन ग्रेडेड लेखिने, मूल प्रमाणपत्र नै नपाउने र कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ ।

तर बोर्डले यो वर्षको एसईई नतिजा प्रकाशनमा यो व्यवस्था लागू नगरी अक्षरांकन (ग्रेडिङ) विधि लागू गर्नेछ । यो विधिमा ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ । चालु शैक्षिक सत्रमा सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसार पढाइ भएकाले अबदेखि भने नयाँ ग्रेडिङ प्रणाली लागू हुने बोर्डका अध्यक्ष शर्माले बताए । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी छ । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...