वकिललाई सर्वोच्चको न्यायाधीश नबनाउन कर्मचारी संगठनहरूको माग



हाम्रो इकोनोमि

 

 

अदालतका कर्मचारी र कानून व्यवसायीबीच तनाव बढ्दै जाँदा विभिन्न ट्रेड युनियनले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिमा आफ्नो सम्मानजनक प्रतिनिधित्वको माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमा कार्यरत क्रियाशील संघसंगठनले न्यायाधीश नियुक्तिका सन्दर्भमा प्रेस विज्ञप्ति निकालेर आफ्ना माग बेवास्ता गरिए संघर्षमा उत्रनेसमेत चेतावनी दिएका छन् ।

‘रिक्त रहेका सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश पदमा नियुक्त गर्दा न्याय सेवाअन्तर्गतका न्याय, कानून र सरकारी वकिल गरी तिनवटै समूह, कानुन व्यवसायी, उच्च र जिल्ला न्यायाधीशलगायतका सबै पक्षहरूको सम्मानजनक प्रतिनिधित्वको माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । उनीहरूले आफूहरूलाई पाखा लगाउने तथा हतोत्साही गराउने गरी न्यायाधीश नियुक्ति नगर्न भनेका छन् ।

सर्वोच्च अदालतमा सीधै नियुक्ति हुने व्यवस्था हटाउन र बढीमा उच्च अदालतलाई मात्र प्रवेशद्वार बनाउन ती संगठनको माग छ । उच्च अदालतमा प्रतिस्पर्धा र संसदीय सुनुवाइविनै न्यायाधीश नियुक्त हुने गरेको र सर्वोच्च अदालतमा राजनीतिक आबद्धता र नातागोताको आधारमा सीधै नियुक्त हुने गरेको भन्दै त्यही कारण न्यायालयमा विचलन आएको विज्ञप्तिमा उल्लेख छ । उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा कर्मचारीको हकमा राजपत्रांकित प्रथम श्रेणीको हुनुपर्ने व्यवस्था त्रुटिपूर्ण र विभेदपूर्ण रहेको भन्दै त्यसलाई हटाउन पनि माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...