मुख्य खबर

बालेन्द्रलाई एमालेमा आउन योगेशको प्रस्ताव

    नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर बालेन्द्र साहलाई प्रस्ताव गरेका छन् । उनले यो सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुती नरहेको टिप्पणी गरे । आज संसद बैठकमा बोल्दै भट्टराईले यसअघि १४

1
एमालेले दुईतिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिनेछु : खगराज अधिकारी

     नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरुएक्लै लडदा आफ्नो पार्टीले एक्लै दुई तिहाई बहुमत नल्याए राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लबनेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै अधिकारीले यस्तो घोषणा गर्नुभएको हो  ‘एक्लाएक्लै लडे कांग्रेसले एक सिटपनिजित्दैन्  अब कांग्रेस एक्लै लड्न नसक्ने भयो  कांग्रेस एक्लै लड्न आओस, हामी दुई तिहाई भन्दा बढि सिटमा जित्छौं । यदि हामीलेदुई तिहाई भन्दा बढि सिट जितेनौं भने म राजनीति छोडिदिन्छु,’ अधिकारीले भन्नुभयो । नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तिय गठबन्धनको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ‘माक्र्सवाद–लेनिनवादमाविश्वास गर्छ । अहिलेको गठबन्धन वित्तिय गठबन्धन हो ।’ अधिकारीले कांग्रेसले एसपिपी अर्को ढंगले अघि बढाउन खोजेको रअहिलेको सरकारको कारण देश जटिल अवस्थामा पुगेको तथ्य पनि राख्नुभयो ।


प्रकाशित मिति | 11 August, 2022 4:25 pm