एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण



 

 

नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध गरेका नेताहरुलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सचिवालयको निर्णयअनुसार एमाले महासचिव शंकर पोखरेलको हस्ताक्षर गरी पठाउनु भएको पत्रमा सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पूर्वउपाध्यक्ष भीम रावल र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोधिएको छ । कात्तिक ४ गते बसेको सचिवालय बैठकको निर्णयबमोजिम पार्टी विधानको धारा ८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको एमालेले जनाएको छ । पत्रमा सोधिएको छ, ‘विधानको धारा ८१ बमोजिम कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारणसहित सात  दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ । विधानको उक्त धारामा पार्टी निर्णय विपरित कार्य गर्नेहरुलाई निलम्बन, जिम्मेवारीबाट हटाउने र निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ । एमालेले कात्तिक ५ गते नै स्पष्टिकरण सोधिएको पत्र पठाएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको